Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

रातो गुलाफ (लघुकथा) - सङ्गीता दाहाल

रातो गुलाफ (लघुकथा) - सङ्गीता दाहाल

सतीश चापागाईं

२३, मंसिर २०७९
images
रातो गुलाफ (लघुकथा)   - सङ्गीता दाहाल

म आज अफिसबाट चाँडै घर फर्के । ढोका अगाडिको गमलामा झपक्क रातो गुलाफ फुलिरहेको थियो । म टक्क अडिएर त्यसलाई नियाली रहेँ ।

त्यो पुरानै गमला थियो । तर मलाई आज नौलो र कुरूप लाग्यो ।

आज दिउँसो अफिसमा घटेको दृश्य, मेरो आँखामा फेरि दोहोरियो ।

अफिसका सहकर्मी, साथीहरूमध्ये रश्मी पनि एक थिइन् । उनी अलि चन्चल स्वभावकी थिइन् । उसका केटी साथीभन्दा, बढी केटा साथीहरू थिए ।

ऊ आफूलाई आधुनिक र सभ्य भन्न रुचाउँथी ।

सधैं झैं, आज पनि रश्मी ढिला अफिस आई । ऊ सरासर मेरो क्याबिनमा आई, अनि झोलाबाट रातो गुलाफको गुच्छा निकालेर मेरो हाथमा राखी दिई । आज प्रणय दिवसको दिन परेको थियो ।

मैले आचम्बित हुँदै भने, " रातो गुलाब त प्रेमको प्रतीक होइन र ? म त विवाहित, छोराको बाबु, फेरि किन मलाई दियौ ? रश्मी ! यो के गर्दैछ्यौ ? "

उसले भनी, " म तपाईंलाई मन पराउँछु, मायाले को विवाहित, को अविवाहित केही जान्दैन ! आधुनिक सभ्यता, र स्वतन्त्रता के हो, बिस्तारै-बिस्तारै बुझ्दै जानु हुनेछ राज सर ! "

यति भनेर, ऊ मेरो छातीमा टाँसिन आई । मैले, एकपल आफ्नी पत्नीलाई सम्झिएँ । जसको आलिङ्गनमा मलाई आजकल न्यानो लाग्न पनि छोडेको थियो ।

मेरो पुरुष मन न हो ! पापी बन्यो । पत्नी र छोरालाई बिर्सेर, 'त्यो रातो गुलाफको गुच्छा स्वीकार गरे मैले !'

गोठाटार, काठमाडौं ।

images
प्रकाशित मिति :मंसिर २३, २०७९ शुक्रवार - २२:०७:४५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend