Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

एनआरएनए अमेरिकाद्वारा मेम्बरसीप सुपरभिजन र भेरिफिकेशन कमिटी गठन

एनआरएनए अमेरिकाद्वारा मेम्बरसीप सुपरभिजन र भेरिफिकेशन कमिटी गठन

सतीश चापागाईं

२९, मंसिर २०७९
images
एनआरएनए अमेरिकाद्वारा मेम्बरसीप सुपरभिजन र भेरिफिकेशन कमिटी गठन

गैर आवासीय नेपाली संघ अमेरिकाको आइतवार बसेको कार्य समितिको बैठकले भेरिफिकेशन कमिटी सुपरभिजन कमिटि लगायत मानार्थ परिषद कमिटीहरुलाई पूर्णता दिएको छ ।

एनआरएनए अमेरिकाका अनुसार मानार्थ परिषदमा ३०जना रहने व्यवस्था छ तर यस अधि नै १७ जना मानार्थ सदस्य हरु चयन गरिसकिएको थियो बाँकि १३ जनालाई आईतबारको बैठक ले मनोनित गरेको हो ।  आईतबार मनोनीत हुनेहरुमा डा. देशराज संयोग (भर्जिनिया), डा . अभिन ओझा ( नर्थक्यारोलिना), विनिता लामा ( न्यूयोर्क), ल्याक्यन लामा ( न्युयोर्क), डोल्मा लामा ( लसएञ्जलस), जयन्द्र लामा ( पेन्सिलभेनियाका), मधुर खरेल ( टेक्सास), सुवेन्द्र रानाभाट (टेक्सासका), राजेन्द्र कुमार सुनारसेन्चुरी ( राज ) ( मेरिल्याण्ड), गोपाल विश्वकर्मा ( मेरिल्याण्ड), उर्मिला श्रेष्ठ (रोडआइल्याण्ड), कपिल शरण वाग्ले ( जरर्जीया ), रेवती अधिकारी ( मिनेसोटा) रहेका छन्।


साथै भेरिफिकेशन कमिटीमा एनआरएनए अमेरिकाका सल्लाहाकार विस्कन्सिन निवासी गोविन्द श्रेष्ठलाई संयोजकको जिम्मेवारी दिएको छ । समितिका सदस्यहरुमा सुदीप बगाले (कोलोराडो), पदम भण्डारी( टेक्सास), प्रयास बास्तोला ( टेक्सास ), लक्षमी भारती( मेरिल्याण्ड), वेगम पण्डित ( न्यूयोर्क), रामजी मरासिनी( विस्कन्सिन)
विवेक ढकाल ( केन्टीकी) रहेका छन् ।

यसैगरी मेम्वरसिप सुपरभिजन किमिटीको संयोजकमा टेनीसीका डा. भरत पोखरेलाई जिम्मेवारी दिईएको छ । सदस्य हरुमा भने कमश :
आईसीसी सदस्य अमृत सापकोटा ( टेक्सास ) एनआरएनए अभियन्ता रोशन अधिकारी ( लसएञ्जलस) रहेका छन्।

यसैगरी एनआरएनए अमेरिकाकी पूर्व उपाध्यक्ष बनिता कतिला लाई भने संरक्षक परिषद्को सदस्यमा मनोनित गरिएको छ ।

यसैगरी बैठकले जनवरी १, २०२३ देखि भरर्जिनियामा खरिद गरेको एनआरएनएको कार्यलयलाई पनि संचालनमा ल्याउने निर्णय गरेको छ ।

images
प्रकाशित मिति :मंसिर २९, २०७९ बिहिवार - २२:३६:५८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend