Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

प्रेम आचार्यको परिवारलाई अमेरिकाबाट एक दिन मै १० हजार डलर संकलन

प्रेम आचार्यको परिवारलाई अमेरिकाबाट एक दिन मै १० हजार डलर संकलन

सतीश चापागाईं

१३, माघ २०७९
images
प्रेम आचार्यको परिवारलाई अमेरिकाबाट एक दिन मै १० हजार डलर संकलन

काठमाण्डौंमा आत्मदाह गरेका प्रेम आचार्यको परिवारलाई अमेरिकाबाट एक दिन मै १० हजार डलर संकलन भएको छ । चलचित्र निर्देशक तथा सामाजिक अभियन्ता सुरेश दर्पण पोखरेलको संयोजनमा उक्त रकम संकलन भएको हो ।

पोखरेलले गो फण्ड मी मार्फत स्वर्गीय आचार्यको परिवारलाई सहयोग गर्न सार्बजनिक अपिल गरेका थिए ।

१० हजार डलर लक्ष्य सहित शुरु गरिएको गो फण्ड मी मा एकदिन मै उक्त रकम संकलन भएको थियो । 

संकलित रकम छिट्टै परिवारलाई पठाउने पोखरेलले जानकारी दिएका छन् ।

आफ्नो अनुरोधलाई स्वीकारेर सहयोग गर्ने सबैप्रती पोखरेलले एक विज्ञप्ति मार्फत धन्यवाद व्यक्त गरेका छन् ।

प्रेस बिज्ञप्ति यसप्रकार छ: 


प्रेस बिज्ञप्ति
मिति २६ जनवरी २०२३

युवा व्यवसायी प्रेम प्रसाद आचार्यले गर्नुभएको आत्मादाहको खबरले विश्वभर छरिएर रहेका हामी नेपालीहरुलाई स्तब्ध बनाएको छ । उहाँले आफ्नो अन्तिम पत्रमा उल्लेख गर्नु भएका विषयहरुतर्फ सम्बन्धित पक्ष र विशेषगरी नेपाल सरकारले यथाशीघ्र सम्बोधन गरोस ताकी थप “प्रेम”हरुले जल्नु नपरोस भन्ने पनि हामी जोडदार माग गर्दछौ। साथै उहाँकै पत्रमा उल्लेख भए बमोजिम उहाँको परिवारमाथी
परिरहेको आर्थिक भारलाई केहि हदसम्म भएपनि न्यून गर्न र बाबाको असामयिक निधनबाट मर्माहत बन्न पुगेका २ छोरीहरूको शिक्षा दीक्षाकालागि मैले मेरो व्यक्तिगत पहलमा‘ “ गो फन्ड मि” क्यम्पियन मार्फत आर्थिक सहयोग संकलन गरिरहेको ब्यहोरा तपाइहरु सम्पूर्णमा
जानकारी नै छ। सो क्याम्पियनका सम्बन्धमा मैले स्व. प्रेम प्रसाद आचार्यकी श्रीमती नानुका अधिकारी आचार्य र परिवारसँग समेत
अनुमति लिएर कार्य अगाडि बढाइरहेको छु । परिवारजन र मेरो व्यक्तिगत तर्फबाट पनि यस क्यम्पियनमा जोडिनु हुने संसारभरी छरिएर
रहनुभएका मनकारी दाताहरुप्रति हार्दिक आभार व्यक्त गर्दछौ। १० हजार डलरको लक्ष्यसहित सुरुगरिएको सो क्यम्पियनको लक्षित रकम
मात्र १ दिनमै संकलन भईसकेको| समेत जानकारी गराउदछु ।

संकलित सम्पूर्ण रकम नियमअनुसार “गो फन्डमि”ले लिने २.९ प्रतिशत सर्भिस रकम घटाई प्राप्त हुने सम्पूर्ण रकम स्व. प्रेमप्रसाद आचार्यकी
श्रीमति नानुका अधिकारी आचार्यलाई यथासिघ्र हस्तान्तरण गरिने ब्यहोरा समेत जानकारी गराउँदै संसारभरिबाट यहाँहरुले देखाउनुभएको
साथ र एैक्यबद्धताका लागि हार्दिक आभार व्यक्त गर्दछु ।

धन्यवाद,
सुरेस दर्पण पोखरेल
सामाजिक अभियन्ता
हाल टेक्सस, अमेरिका ।
—————————

Press release
Date: 26 January 2023

The news of young businessman Prem Prasad Acharya's self-immolation shocked all Nepalese scattered all over the world. We also strongly request that the concerned parties and especially the Nepal government address the matters mentioned in his last letter as soon as possible so that no more ‘Prem’ should burn them. Also, as mentioned in his last statement, in order to resolve the financial burden on his family to some extent and for the education of his 2 daughters, who were bereaved by the untimely death of their father, I have created a Gofundme Campaign on my personal initiative to collect financial support with the approval of his wife Nanuka Adhikari Acharya. On behalf of his family and me, we would like to express our sincere gratitude to the generous donors around the world who joined this campaign. We have already achieved the target amount of the campaign, i.e. 10 thousand US dollars in just a day. As per the rules of Gofundme , a transaction fee of 2.9% +$0.30 is automatically deducted from each donation.

I would like to inform you that all the funds received will be handed over to the wife of Late Prem Prasad Acharya, Mrs. Nanuka Adhikari as soon as possible. I would again like to express my sincere gratitude for the support and solidarity shown by people from all over the world.

Thank you,
Suresh Darpan Pokharel
Social activist
Texas, USA

images
प्रकाशित मिति :माघ १३, २०७९ शुक्रवार - ००:५९:२६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend