Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

एनआरएन ओमानको अध्यक्षमा विकल झा

एनआरएन ओमानको अध्यक्षमा विकल झा

सतीश चापागाईं

२५, चैत्र २०७९
images
एनआरएन ओमानको अध्यक्षमा विकल झा

 

काठमाडौँकोरोना महामारीका बेला खाडीबाट सय ६० थान अक्सिजन सिलिन्डर पठाउने नेतृत्व लिएको गैरआवासीयनेपाली (एनआरएनए) सोसल क्लब ओमानको अध्यक्षमा विकल झा पुनः निर्वाचित भएका छन्

एनआरएनएको शुक्रबार राजधानी मस्कटमा सम्पन्न सातौं अधिवेशनले झाको नेतृत्वमा २३ सदस्यीय कार्यसमितिसर्वसम्मत चयन गरेको हो  जसमा उपाध्यक्षत्रय सुरेश खड्का, रविन शिल्पकर, टिकाप्रसाद दाहाल महिला उपाध्यक्षमापूजा बस्नेत चयन भएका छन् 

अधिवेशनबाट महासचिव सुसन श्रेष्ठ, सचिव कमल अर्याल लक्ष्मी प्रसाद कोइराला, कोषाध्यक्षमा कृष्ण पाण्डे, सहकोषाध्यक्षमा महेन्द्र तिवारी, प्रवक्तामा विनोद दास, युवा तथा खेलकुद संयोजकमा सुरज चित्रकार महिलासंयोजकमा गरिमा सुवेदी चयन भएका छन्  कार्यसमितिका सदस्यहरु बसन्त नेपाली, काशी राम सुनार, सुवास काफ्ले, विवेक ज्ञवाली, केशव केसी, कुल प्रसाद गेलाल, डिसुजा खनाल, रिना पुर्जा पुन, दिलिप पाण्डे, मिरा नेपाली चयन भएकाछन् 

अधिवेशनमा एनआरएनए मध्यपूर्वका अगुवाहरूले आगामी आईसीसी नेतृत्वमा मध्यपूर्वले दाबी गर्नुपर्नेमा जोड दिएकाथिए  एनआरएनए आईसीसीको आगामी नेतृत्वका लागि मध्यपूर्वबाट उपाध्यक्ष आरके शर्माले दाबी गरेका छन् 

images
प्रकाशित मिति :चैत्र २५, २०७९ शनिवार - ०६:१४:५७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend