Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

अस्वीकार्य (लघुकथा) -सपना रिजाल पौडेल

अस्वीकार्य (लघुकथा) -सपना रिजाल पौडेल

सतीश चापागाईं

२९, चैत्र २०७९
images
अस्वीकार्य  (लघुकथा)  -सपना रिजाल पौडेल


सभाहल बाहिरको चौर प्रतियोगीहरूले खचाखच छ । भित्र गीत-गजलको राष्ट्रिय प्रतियोगितामा प्रस्तुत गरिने रचनाहरू छान्ने छनौट समितिको बैठक बसेको छ । पाँच सदस्यीय बोर्ड- मेम्बरहरूलाई एकजना कर्मचारीले प्राप्त रचनाहरू पढेर सुनाउँदै छन् । वातावरण शान्त छ ।
केही थान गीत- गजलपछी कर्मचारीले अर्को एउटा रचना सुनाए ।

` सुख बुझ्छु, दुख बुझ्छु, तिमीजस्तै मान्छे हुँ म ,
हाँस्छु, रुन्छु, खेल्छु, खान्छु, तिमी जस्तै मान्छे हुँ म,
देश तिम्रो- मेरो साझा, शत्रु-मित्र हाम्रा साझा,
मुटु चल्छ, चेतना छ, तिमी जस्तै मान्छे हुँ म ´

पहिलो सदस्य : यो गीत हो कि गजल हो ?
दोस्रो सदस्य : यो कसले लेखेको हो ?
तेस्रो सदस्य : के भन्न खोजेको हो यसले ?
चौथो सदस्य : हामी जस्तै मान्छे हो रे ऊ ।
चारैजना मजाले हाँसे । कर्मचारीले केही बोल्नु अघि नै अध्यक्षले उसको हातबाट त्यो रचना खोसेजस्तै गरी आफ्नो हातमा लिए अनि रातो कलमले रचनाको सिरानमा लेखे # अस्वीकार्य #

रचना अस्वीकृत भयो । मैले बुझें, मलाई छनौट समितिले मान्छे स्वीकार गरेन ।
चापाकोट-८,स्याङ्जा

images
प्रकाशित मिति :चैत्र २९, २०७९ बुधवार - २२:३७:१७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend