गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद मध्यपुर्बको ८ औ क्षेत्रीय सम्मेलनमा सहभागी हुन ओमन जादै गरेका गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यलाई एनसीसी कतारले स्वागत गरेको छ ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले आचार्यलाई विमानस्थल मै स्वागत गरेका हुन् ।
यहि अवसरमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको ईद अल अदा विशेष कार्यक्रम २०२३ पनि हुदैछ ।