Logo

बिहिवार, कार्तिक २० गते २०८३   |   2026 November 05

images

images

एनआरएनए साउदीको ताबुकमा भलिबल प्रतियोगिता सहित बृहत् सास्कृतिक कार्यक्रम र श्रमिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

एनआरएनए साउदीको ताबुकमा भलिबल प्रतियोगिता सहित बृहत् सास्कृतिक कार्यक्रम र श्रमिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेप्लिज डायस्पोरा

१८, आषाढ २०८०
images
एनआरएनए साउदीको  ताबुकमा  भलिबल प्रतियोगिता सहित बृहत् सास्कृतिक कार्यक्रम र श्रमिक अन्तरक्रिया कार्यक्रम सम्पन्न

मुस्लिम समुदायको महान पर्व इद अल अधा-२०२३ को पावन अवसरमा एनआरएनए मध्यपूर्बको क्षेत्रिय समन्वय समिति ताबुकको आयोजनामा पुरुष भलिबल प्रतियोगिताका साथमा बृहत् सास्कृतिक कार्यक्रम र श्रमिक अन्तरक्रिया कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ।

कार्यक्रममा आमन्त्रित महामहीम राजदूत नवराज सुवेदी र का. बा. महावाणिज्यदूत शत्रुधन पोखरेल समय व्यस्तताको कारण भौतिक रुपमा उपस्थिति नभएता पनि उहाँहरुले पठाउनु भएको भिडियो शुभकामना सन्देश उपस्थित महानुभावहरुलाई प्रोजेक्टर मार्फत देखाइएको थियो।

कार्यक्रममा अतिथिको आसनग्रहणपछि कार्यक्रमको औपचारिक उद्घाटन दिप प्रज्वलनबाट गरिएको थियो । त्यसपछि राष्ट्रियगान बजाएर कार्यक्रमलाई विधिवत रूपमा उद्घाटन गरिएको थियो। कार्यक्रममा स्वागत मन्तव्य सावित्रा बनले दिनु भएको थियो।

यस कार्यक्रमलाई भव्य रुपमा सफल पार्नको लागि प्रायोजक गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, साउदी अरबकी वरिष्ठ उपाध्यक्ष श्रीमती रविना अर्याल साथै सह-प्रायोजक हरुमा हिमाल रेमिट ताबुक शाखा, कुमारी रेमिट ताबुक शाखा,लुलु सुपरमार्केट ताबुक शाखा, आर सी सी जेद्दा, अल साफी कप्पनीमा कार्यरत साजन तामाङ, रेशम थापा शुशिल तामाङ, सनम चौधरी थापा र बिश्नु थापा तथा सुलभ रिक्रुटमेन्ट बसुन्धरा, काठमाडौंले गरेको थियो। कार्यक्रममा उपस्थित विशिष्ट अथिती, प्रमुख अतिथी र अथितीहरुले छोटो मन्तव्य दिनु भएको थियो।

E310847A-E68D-4783-862F-CA5B468199B1.jpeg
कार्यक्रममा उपस्थित कलाकार 

पुरुष भलिबल प्रतियोगितामा आयोजक टिम सहित १० टिमको सहभागिता थियो। जसमध्ये नियोम-१ले प्रथम स्थान र लुलु सुपरमार्केटले दोस्रो स्थान हासिल गरेको थियो। यी दुई टिमको कडा प्रतिस्पर्धा अति नै रोचक र रमाइलो थियो। भलिबल प्रतियोगिता सौहार्दपूर्ण र विवाद रहित वातावरणमा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागिता जनाउनको लागि टाढा टाढाबाट दर्शकहरुको उल्लेखनीय उत्साहजनक उपस्थिती थियो।

कार्यक्रमको अर्को मुख्य आकर्षण नेपाली महिला दिदीबहिनीहरुले बनाएको नेपालीपनको झल्को दिने मःम, चाउमिन र सेलरोटीको परिकारले अर्को मिठास दिएको थियो। कार्यक्रममा उपस्थित हुने अधिकाश महानुभावहरुले नेपालमै भएको अनुभूति गरायो र यस्ता कार्यक्रम आगामी दिनमा अझै परिस्कृत बनाउदै सन्चालन गर्नुपर्ने भन्नुभएको थियो।


बिबिध सांस्कृतिक कार्यक्रम अन्तर्गत विभिन्न महानुभावहरुले विविध बिधामा आफ्नो कला प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा उपस्थित हुने सम्पूर्ण महानुभावहरुलाई गीत संगीतको माध्यमबाट भरपुर मनोरन्जन दिनुभएको थियो।

D0E62150-1D22-4EDC-A954-43B98B590FBB.jpeg
विजयी खेलाडीहरु

कार्यक्रममा विशिष्ठ अथिती महावाणिज्यदूत भुवन पौडेलले साउदी कानुनले वर्जित गरेको कुनै काम नगर्न नेपाली समुदायलाई आग्रह गर्नु भएको थियो भने गीत संगीत र खेलकुदको माध्यमबाट जीवनमा हुने फाइदाहरुको बारेमा जानकारी दिनुभएको थियो । कतिपय कार्य नेपालमा सामान्य रहेपनि यहाँ गैरकानुनी हुनेहुदा त्यस्ता कार्यहरु नगर्नु हुन् अनुरोध गर्नुभएको थियो ।

उक्त कार्यक्रमको सभापतित्व क्षेत्रीय समन्वय समिती ताबुकका वर्तमान अध्यक्ष नर बहादुर खतिवडाले गर्नु भएको थियो भने विशिष्ट अथिती महावाणिज्यदूतावास जेद्दाका महावाणिज्यदूत भुवन पौडेल, प्रमुख अथितीद्वय आर सि सि ताबुकको संरक्षक साथै सल्लाहकार भक्त बहादुर हमाल र आर सि सि जेद्दाका वर्तमान अध्यक्ष डि पि अर्याल, अथितिहरुमा आर सि सि जेद्दाका सह-सचिव देवराज अर्याल, आर सि सि जेद्दाका सह-कोषाध्यक्ष आनन्द पाण्डे, लक्ष्मण रोकाया, हिमाल रेमिटको प्रतिनिधित्व गर्दै मोहन खनाल, कुमारी रेमिटको प्रतिनिधित्व गर्दै दिपक तामाङ, लुलु सुपरमार्केटको प्रतिनिधित्व गर्दै शक्ति भट्ट र सुलभ रिक्रुमेन्टसको प्रतिनिधित्व गर्दै बुद्धिप्रसाद बास्तोला, त्यसैगरी ताबुक र ताबुक आसपासमा रहनुभएका दाजुभाइ तथा दिदिबहिनिहरुको बाक्लो उपस्थिति थियो।

कार्यक्रमको सञ्चालन आरसिसि ताबुकका उपाध्यक्ष युवराज पोखरेल र प्रवक्ता शक्ति भट्टले सञ्चालन गर्नुभएको थियो।

कार्यक्रम हेर्नको लागी ताबुक, दुवा, शर्मा र हागल लगायतका शहरबाट अन्दाजि ५०० जनाको उपस्थिति थियो ।

3F30B18F-502A-4C23-A272-D9D0176966B1.jpeg
श्रमिकका गुनासा सुन्दै महावाणिज्यदूत भुवन पौडेल


श्रमिक अन्तरक्रिया अन्तर्गत महावाणिज्यदूत भुवन पौडेलले श्रमिकहरुको भिन्न भिन्न गुनासोहरु सुनी दूतावासको तर्फबाट समस्याको समाधनका लागि सक्दो सहयोग रहने बताउनु भयो।
बिभिन्न कम्पनीमा कार्यरत श्रमिकहरुले आ-आफनो गुनासो राख्नु भएको थियो ।


कार्यक्रम कै दौरानमा आर सि सि ताबुकले सहभागि श्रमिकहरुसंग श्रमिक सर्वेक्षण र कार्यक्रमको प्रतिकृया लिने काम पनि गरेको थियो।
कार्यक्रमको अन्त्यमा विजयी खेलाडीहरुलाई आर सि सि ताबुकका सस्थापक तथा सल्लाहकार भक्त बहादुर हमाल र आर सि सि ताबुकका वर्तमान अध्यक्ष नर बहादुर खतिवडाको हातबाट प्रमाणपत्र, शिल्ड, मेडल र नगद पुरस्कार वितरण गरिएको थियो।

यस कार्यक्रमलाई भव्य र सव्य बनाउन गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समितिका पदाधिकारी साथिहरु अहोरात्र खटेका थिए। सचिव बुद्धि प्रसाद बास्तोला र पुर्व उपाध्यक्ष देबी बहादुर कार्की लगायत कार्यसमिति का सदस्य, स्वयंसेवकहरुले कार्यक्रम व्यवस्थापन गर्न समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो।
अन्त्यमा सभापतिले आफ्नो छोटो मन्तव्य साथै विजयी खेलाडिहरुलाइ बधाइ र शुभकामना, प्रायोजक र सह-प्रायोजकहरुलाइ विशेष धन्यवाद दिदै कार्यक्रमको विधिवत समापन गर्नुभएको गैर आवासीय नेपाली संघ क्षेत्रीय, समन्वय समिति ताबुक साउदी अरेबियाले जानकारी दिएको छ ।

images
प्रकाशित मिति :आषाढ १८, २०८० सोमवार - १८:४६:३८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend