Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

एनआरएनए अमेरिकाको युथ संयोजकमा बिक्की थापा ‘विश्व किरण’को उमेद्वारी

एनआरएनए अमेरिकाको युथ संयोजकमा बिक्की थापा ‘विश्व किरण’को उमेद्वारी

सतीश चापागाईं

२०, आषाढ २०८०
images
एनआरएनए अमेरिकाको युथ संयोजकमा बिक्की थापा ‘विश्व किरण’को उमेद्वारी

एनआरएनए अमेरिकाको युथ कोअर्डिनेटर पदमा विक्की थापाले उमेद्वारी दिएका छन् ।

"यूवाहरुको सहि प्रतिनिधित्व मैले गर्दछु ।" बिक्कीले नेप्लिज डायस्पोरासंग भने । "मसंग जोश, जांगर र भिजन पनि छ ।" उनले भने ।

बिक्की थापा मेरिल्याण्डको बाल्टिमोरमा सक्रिय यूवा समाजसेवी हुन् । रियल स्टेट व्यबसायमा समेत रहेका बिक्की आफैमा विद्यार्थी पनि हुन् । 

मेरिल्याण्डको सक्रिय संस्था साथी बाल्टिमोरको स्थापना कालदेखि सक्रिय रहेर यूवा विद्यार्थी र यहांको समाजसंग घुलमिल भएका बिक्कीले अमेरिकाभरी नै साथी सर्कल बनाईसकेका छन् । 

मेरिल्याण्डमा विभिन्न संस्थाहरुले गर्ने खेल र खेलाडीका कार्यक्रमहरुमा स्वयंसेवा गर्नेमा बिक्की कै नाम अग्रपंक्तिमा आउंछ । 

नेपाली समुदायले गर्ने सामाजिक कार्यक्रममा उनको सधै सक्रिय सहभागिता रहने गरेको छ । उनले नेपालबाट विभिन्न मुभीहरु ल्याएर अमेरिकाभरी देखाउने एभरेष्ट ईन्टरटेन्मेन्ट समूहमा रहेर पनि नेपाली कला र संस्कृतीका लागि महत्वपूर्ण योगदान दिएको यहांका कलाकारहरु बताउंछन् ।

यूवा जोश र जांगरले भरीएका बिक्कीले एनआरएनए अमेरिकाका विभिन्न कार्यक्रममा पदमा नरहेर पनि सक्रिए भएका व्यक्ति हुन् । उनको उमेद्वारीले अमेरिकाभरीका यूवा विद्यार्थी र एनआरएनए अभियन्ताहरुमा खुशीको संचार भएको छ ।

 

36EE6EEA-B473-49C3-8A4A-1AF4BBA2B90C.jpeg

images
प्रकाशित मिति :आषाढ २०, २०८० बुधवार - २३:१५:०६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend