एनआरएन अष्ट्रियाको २०२३ - २०२५ कार्यकालको लागी आज सम्पन्न निर्वाचनबाट ध्रुव पौडेल निर्वाचित भएका छन् ।
निर्वाचनबाट उपाध्यक्षमा डबिन लामा र रिम बहादुर खड्का, महिला उपाध्यक्षमा सन्तोषी भण्डारी, महासचिबमा डाइमण्ड राई, सचिबमा ज्ञानु बर्तौला र रिमा बिस्ट, कोषाध्यक्षमा बिरेन्द्र पुन मगर, सह कोषाध्यक्षमा राजु रामदाम, यूवा संयोजकमा फुर्बा तामांग, उप संयोजक अभिराज थेबे, महिला संयोजकमा निरु कार्की, साथै सदस्यमा कुमिर घर्ति मगर निर्बाचित भएका छन् ।
अन्तरास्ट्रिय समन्वय परिषद सदस्यमा (आइसीसी) मनोज बिष्ट निर्बाचित भएका छन् ।