देबी बहादुर कार्की
ताबुक, साउदी अरब
नेपाली महावाणिज्यदुताबासबाट दुरदराजमा रहेको ताबुक क्षेत्रमा गैर आवसिय नेपाली सघं, क्षेत्रीय समन्वय समिति ताबुक संयोजकत्वमा महावाणिज्य दूतावास जेद्धाले यही २८ देखि २९ जुलाई २०२३ सम्म राहदानी नवीकरण फाराम संकलन, नयाँ बनि आएको राहदानी बितरण, श्रमिक अन्तरक्रिया कार्यक्रम र ९ औँ वार्षिकोत्सव सम्पन्न गरेको छ ।
उक्त कार्यको लागी नेपाली महावाणिज्य दूतावास जेद्दाबाट श्रम सहचारी तमराज काफ्ले ज्यु, स्थानिय कर्मचारिहरु , जमल बुरहान, दिनेश पन्डित र राजु बास्कोटा ज्युहरुबाट सहजीकरणको सेवा प्रदान गरिएको थियो ! सो सुबिधा लिन का लागि ताबुक लगायत आसपासका क्षेत्रहरु दुबा, हाकल, शर्मा, अलवज, आरार, ताइमा लगाएत अन्य ( 600KM टाढाका )स्थानहरु देखि नेपालीहरुले आएर सुबिधा प्राप्त गर्नु भएको थियो ।
महावाणिज्यदूतावास जेद्दाद्वारा जारी पुर्व सूचना अनुसार राहदानी नविकरण फाराम संकलन एकदिने कार्यक्रम २८ जुलाई २०२३ भनिएतापनि सेवाग्राहीको अत्याधिक चापलाई मध्यनजर गरि महावाणिज्यदूतावासको टोली द्वारा शुक्रबार बिहान ताबुकमा उपस्थित भइ बिहान ८:०० बजे देखि शनिवार राति ७:३० बजे सम्म लगातार अहोरात्र खटी त्यहा उपस्थित राहदानी नया आबेदकहरु महिला ८ साथै पुरुष ३६३, अघिल्लो आवेदन रद्ध भएका ८ जना र ११ जना को नबिकरण बितरण र एक जनाको traval document सहित कुल जम्मा ३९१ जना सेवाग्राहीलाइ सेवा प्रदान गरिएको थियो।
राहदानी नविकरणको घुम्ती सेवा सम्पन्न गर्न गैर आवासिय नेपालि संघ क्षेत्रीय समन्वय समिती ताबुकका सस्थापक तथा सल्लाहकार श्री भक्त बहदुर हमाल ज्यु, गैर आवासिय नेपालि संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाका उपाध्यक्ष श्री अर्जुन थापा ज्यु, गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिती ताबुकका पदाधिकारी ज्युहरु अध्यक्ष श्री नर बहादुर खतिवडा, उपाध्यक्ष श्री ओम थापा , सचिव श्री बुद्धि प्रसाद बास्तोला, कोषाध्यक्ष श्री दिपक कार्की, प्रवक्ता श्री शक्ति भट्ट, सह-कोषाध्यक्ष श्री प्रकाश थापा ,युवा सयोजक श्री बिक्रम तिम्सिना ,सदस्यहरु श्री राज कपुर अधिकारी , श्री निलेश घिमिरे, श्री राजेश सेर्पालि, श्री आइ बि गुरुङ , श्री सुमन कार्की, श्री बिकाश झा साथै पुर्व उपाध्यक्ष श्री देवी बहादुर कार्की र पुर्व सचिव श्री युबराज पोख्रेल ज्युहरुले व्यवस्थित बनाउन समन्वयकारी भुमिका निभाउनु भएको थियो।
यसैगरी उक्त अवसरमा गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिती ताबुक को ९ औँ वार्षिकोत्सव सस्थाका सस्थापक तथा सल्लाहकार श्री भक्त बहादुर हमाल ज्यु र गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष साथै आर सि सिका सल्लाहकार श्री अर्जुन थापा ज्युले केक काटेर भव्य रुपमा मनाइएको थियो भने उक्त अवसरमा नेपाली राष्ट्रिय पोशाक झल्काउने गरि गैर आवासिय नेपाली सङ क्षेत्रीय समन्वय समिती ताबुकका सम्पुर्ण पदाधिकारीहरुले एकै किसिमका राष्ट्रिय पोशाक दौरा सुरुवाल र कोट लगाएर कार्यक्रमको शोभा बढाइको थियो।
ताबुक जस्तो टाढा दूरदराजबाट जेद्दा र रियाद नियोगहरुमा धाउनुपर्ने झन्झट र खर्चिलो यात्राबाट आफुहरु मुक्त भएको र आगामी दिनहरुमा पनि यस्तै सहजिकरणका कार्यक्रमहरु होस् भन्ने सेवाग्राहीहरुको भनाइ रहेको थियो ,सम्पुर्ण सेवाग्राहिले आफ्नो पालो आउन निकै लामो समय पर्खनु परेकोले अब आउदा दिनहरुमा सेवालाइ अझै प्रभावकारी र चुस्त बनाइ, लामो समयको प्रतीक्षाबाट मुक्ति दिलाउन सुझाव दिएका छन र यसरी आफ्नै कार्यक्षेत्रमा बसेर कम खर्चमा सेवा लिन पाएकोमा सम्पुर्ण सेवाग्राहीहरु निकै हर्षित भएका थिए।
गत जनवरी भन्दा अहिलेको संख्यामा वृद्धि र अहिलेको भन्दा अब आउने दिनहरुमा यो भन्दा पनि अझै संख्या वृद्धि हुने अनुमान गरिएकोले त्यहा उपस्थित गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती ताबुकका सम्पूर्ण पदाधिकारीहरुले सामुहिक रुपमा अर्को मेशिन थप गर्न महावाणिज्यदूतावास समक्ष गम्भीर ध्यानाकर्षण गराएका छन भने महावाणिज्यदूतावासका सरहरुले यसलाइ सकारात्मक रुपमा लिइ सम्बन्धित निकायमा जानकारी गराउने आश्वासन दिनुभएको छ।
पुनः ताबुक जस्तो दुरदराज स्थानमा आई अहोरात्र रुपमा खटि सेवा प्रदान गरिदिनु हुने जेद्धा महाबाणिज्य तथा सम्पुर्ण टिमलाई गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति ताबुक साउदी अरेबियाले आभार ब्यक्त गरेको छ ।