Logo

सोमवार, कार्तिक १० गते २०८३   |   2026 October 26

images

images

बीडीए र सानको चौथो संयूक्त अधिवेशन बाल्टिमोरमा सम्पन्न, बीडीएको अध्यक्षमा भुषणलाल चयन

बीडीए र सानको चौथो संयूक्त अधिवेशन बाल्टिमोरमा सम्पन्न, बीडीएको अध्यक्षमा भुषणलाल चयन

सतीश चापागाईं

१६, श्रावण २०८०
images
बीडीए र सानको चौथो संयूक्त अधिवेशन बाल्टिमोरमा सम्पन्न, बीडीएको  अध्यक्षमा भुषणलाल चयन

 

नातिबाबु भट्ट

कोलोराडो अमेरिका

जुलाई २६ ,२०२३

ब्लड डोनर्स अफ अमेरीका र सोसाईटि अफ अमेरीकन नेप्लीज नर्सको चौथो संयूक्त महाधिवेशन मेरील्याण्डकोबाल्टिमोरमा सम्पन्न भयो ।

नेपाली राजदुताबासका डेपुटी चिफ कुमारराज खरेल द्धारा उद्धाटन गरिएको कार्यक्रममा स्टेट डेलिगेट ह्यारी भण्डारीे, बानाका अध्यक्ष सुबोध बिलास पन्त, बिडीएका अध्यक्ष लिलाराज दाहाल र सानका अध्यक्ष मन्जु संग्रौला लगायतकाअतिथीहरुको उपस्थिती रहेको थियो ।

IMG_9653-900x604.jpg

कार्यक्रमलाई संम्बोधन गर्दै प्रमुख अतिथी कुमारराज खरेलले नेपालीहरु प्रदेशमा आएर पनि समाजसेवामा अहोरात्रखटेको देख्दा आफुलाइ गर्व लागेको बताए । जसबाट नेपाल र नेपालीको नाम सधै उच्च राख्न यसले धेरै टेवा पुर्याईरहेको भन्दै सम्मेलन सफलताको कामना गरे । त्यसैगरी डेलिगेट ह्यारी भण्डारीले अहिले अमेरीकामा हजारौ नेपाली डाक्टरर नर्सले सेवागरी यहाको स्वास्थ्य क्षेत्रमा धेरै ठुलो योगदान पुर्याएको भन्दै सबैलाई धन्यवाद दिए । कार्यक्रममा डेलिगेटह्यारीले समाजमा अमुल्य योगदान पुर्याएका बिडीए अध्यक्ष लिलाराज दाहाल, निर्वतमान अध्यक्ष डा.नन्द रेग्मी सानकाअध्यक्ष मन्जु संग्रौलालाई Official Citation प्रदानगरि सम्मान गरेका थिए ।

र्कायक्रमा उपस्थित सबैलाई स्वागत गर्दै बिडीएका अध्यक्ष लिलाराज दाहाले बिगत बर्षहरुमा भए गरेकाकृयाकलापहरुको बारेमा प्रकास पारेका थिए । त्यसैगरी सानका अध्यक्ष मन्जु संग्रौलाले सानको गतिबिधी प्रकाश पारेकीथिइन ।

IMG_9625.jpg

कार्यक्रमको दोश्रो सत्रमा सम्पन्न बीडीएको चौथो अबिधेशनले भुषणलाल श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत तरिकाबाट १३सदस्सिय कार्यसमिती गठन गरेको छ । यसरी गठित समितीका अन्य पदाधिकारीहरुमा कमश बरिष्ठ उपाध्यक्ष शिबकाफ्ले, उपाध्यक्ष संजय श्रेष्ठ, टिका पौडेल, शारदा श्रेष्ठ, महासचिव डा.सिरोज पोख्रेल, सह सचिव सुशिल पंगेनी, कोषाध्यक्ष श्रीराम लुईटेल रहेका छन् । त्यसैगरी संस्थाका बोर्ड सदस्यहरुमा झमक निरौला, गंगा थापा, तारा अधिकारी, अजय बगाले, बिरोचन नेपाल रहेका छन् ।

IMG_9652-900x605.jpg

सान र बिडीए दुबै नेपालीको सकृयतामा स्थानीयहरुको सहयोगको लागी खोलिएको संस्था हो । यही जुलाई २१ र २२तारिकमा सम्पन्न संयुक्त अधिवेशनमा अमेरिकाको बिभिन्न स्टेटबाट नेपालीहरु जम्मा भएका थिए । कार्यक्रम बीडीएमेरील्याण्डका संयोजक तथा चौथो संयूक्त सम्मेलनका संयोजक शुशिल पंगेनीको सभापतित्व संम्पन्न भएको थियो ।

images
प्रकाशित मिति :श्रावण १६, २०८० मंगलवार - ०२:३१:०१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend