Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

बीडीए र सानको चौथो संयूक्त अधिवेशन बाल्टिमोरमा सम्पन्न, बीडीएको अध्यक्षमा भुषणलाल चयन

बीडीए र सानको चौथो संयूक्त अधिवेशन बाल्टिमोरमा सम्पन्न, बीडीएको अध्यक्षमा भुषणलाल चयन

सतीश चापागाईं

१६, श्रावण २०८०
images
बीडीए र सानको चौथो संयूक्त अधिवेशन बाल्टिमोरमा सम्पन्न, बीडीएको  अध्यक्षमा भुषणलाल चयन

 

नातिबाबु भट्ट

कोलोराडो अमेरिका

जुलाई २६ ,२०२३

ब्लड डोनर्स अफ अमेरीका सोसाईटि अफ अमेरीकन नेप्लीज नर्सको चौथो संयूक्त महाधिवेशन मेरील्याण्डकोबाल्टिमोरमा सम्पन्न भयो

नेपाली राजदुताबासका डेपुटी चिफ कुमारराज खरेल द्धारा उद्धाटन गरिएको कार्यक्रममा स्टेट डेलिगेट ह्यारी भण्डारीे, बानाका अध्यक्ष सुबोध बिलास पन्त, बिडीएका अध्यक्ष लिलाराज दाहाल सानका अध्यक्ष मन्जु संग्रौला लगायतकाअतिथीहरुको उपस्थिती रहेको थियो

IMG_9653-900x604.jpg

कार्यक्रमलाई संम्बोधन गर्दै प्रमुख अतिथी कुमारराज खरेलले नेपालीहरु प्रदेशमा आएर पनि समाजसेवामा अहोरात्रखटेको देख्दा आफुलाइ गर्व लागेको बताए जसबाट नेपाल नेपालीको नाम सधै उच्च राख्न यसले धेरै टेवा पुर्याईरहेको भन्दै सम्मेलन सफलताको कामना गरे त्यसैगरी डेलिगेट ह्यारी भण्डारीले अहिले अमेरीकामा हजारौ नेपाली डाक्टर नर्सले सेवागरी यहाको स्वास्थ्य क्षेत्रमा धेरै ठुलो योगदान पुर्याएको भन्दै सबैलाई धन्यवाद दिए कार्यक्रममा डेलिगेटह्यारीले समाजमा अमुल्य योगदान पुर्याएका बिडीए अध्यक्ष लिलाराज दाहाल, निर्वतमान अध्यक्ष डा.नन्द रेग्मी सानकाअध्यक्ष मन्जु संग्रौलालाई Official Citation प्रदानगरि सम्मान गरेका थिए

र्कायक्रमा उपस्थित सबैलाई स्वागत गर्दै बिडीएका अध्यक्ष लिलाराज दाहाले बिगत बर्षहरुमा भए गरेकाकृयाकलापहरुको बारेमा प्रकास पारेका थिए त्यसैगरी सानका अध्यक्ष मन्जु संग्रौलाले सानको गतिबिधी प्रकाश पारेकीथिइन

IMG_9625.jpg

कार्यक्रमको दोश्रो सत्रमा सम्पन्न बीडीएको चौथो अबिधेशनले भुषणलाल श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत तरिकाबाट १३सदस्सिय कार्यसमिती गठन गरेको यसरी गठित समितीका अन्य पदाधिकारीहरुमा कमश बरिष्ठ उपाध्यक्ष शिबकाफ्ले, उपाध्यक्ष संजय श्रेष्ठ, टिका पौडेल, शारदा श्रेष्ठ, महासचिव डा.सिरोज पोख्रेल, सह सचिव सुशिल पंगेनी, कोषाध्यक्ष श्रीराम लुईटेल रहेका छन् त्यसैगरी संस्थाका बोर्ड सदस्यहरुमा झमक निरौला, गंगा थापा, तारा अधिकारी, अजय बगाले, बिरोचन नेपाल रहेका छन्

IMG_9652-900x605.jpg

सान बिडीए दुबै नेपालीको सकृयतामा स्थानीयहरुको सहयोगको लागी खोलिएको संस्था हो यही जुलाई २१ २२तारिकमा सम्पन्न संयुक्त अधिवेशनमा अमेरिकाको बिभिन्न स्टेटबाट नेपालीहरु जम्मा भएका थिए कार्यक्रम बीडीएमेरील्याण्डका संयोजक तथा चौथो संयूक्त सम्मेलनका संयोजक शुशिल पंगेनीको सभापतित्व संम्पन्न भएको थियो

images
प्रकाशित मिति :श्रावण १६, २०८० मंगलवार - ०२:३१:०१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend