Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

गायिका मेलिना राईको बाल्टिमोर कन्सर्टको टिकट धमाधम बिक्री हुदै

गायिका मेलिना राईको बाल्टिमोर कन्सर्टको टिकट धमाधम बिक्री हुदै

सतीश चापागाईं

२६, श्रावण २०८०
images
गायिका मेलिना राईको बाल्टिमोर कन्सर्टको टिकट धमाधम बिक्री हुदै

गायिका मेलिना राईको बाल्टिमोर कन्सर्टको टिकट उल्लेख्य रुपमा बिक्री भईरहेको आयोजकले जनाएका छन् ।

एभरेष्ट ईन्टरटेन्मेन्ट ग्रुपले यो कन्सर्ट आयोजना गर्न लागेको हो ।

"गायिका मेलिना राईको फ्यान फलोईगं राम्रो रहेछ । धेरै युवा साथीहरुले अनलाईनबाट टिकट सुरक्षित गरिसक्नु भएको छ ।" एभरेष्ट ईन्टरटेन्मेन्टका अपार श्रेष्ठले भने ।

कन्सर्टको टिकट अनलाईनबाटै लिन सकिने बनाईएको छ ।

"सिट सिमित छ । कन्सर्टलाई कसरी मनोरंजनात्मक बनाउने र सभ्य बनाउने भन्ने बारेमा छलफल भईरहेको छ ।" आयोजक ग्रुपका रमेश भट्टले भने । "सबैले मज्जाले रमाउन मिल्नेगरी हल लिएका छौं । हामी कार्यक्रमको क्वालिटीका बारेमा लागिरहेका छौं ।" उनले भने ।

गायिका राई आफ्नो सांगितिक कार्यक्रमको शिलशिलामा अमेरिकामा छिन् । उनले केही स्टेटमा कार्यक्रम गरिसकेकी छन् । 

टिकट लिन चाहनु हुन्छ भने तलको लिंक ओपन गर्नुहोस् ।

https://facebook.com/events/s/melina-rai-live-in-concert-bal/253109100820623/

images
प्रकाशित मिति :श्रावण २६, २०८० शुक्रवार - २२:५५:२९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend