२०८० साउन २७, पाल्पा ।
वाङमय प्रज्ञा प्रतिष्ठान पाल्पाको मासिक श्रृङखला प्रतिभा सङ्गम आजै तानसेनमा सम्पन्न भएको छ ।प्रतिष्ठानका अध्यक्ष गोपालप्रसाद बस्यालको अध्यक्षता तथा धवल पुस्तकालयका अध्यक्ष युवराज पौडेलको प्रमुख आतिथ्यमा चलेको सो कार्यक्रममा प्रतिष्ठानका पुर्वमहासचिब गोबिन्द भट्टराईले वाङमयको इतिहासदेखि वर्तमानसम्मको गतिविधि जानकारी गराउँदै आफ्नो कविता वाचन गर्नुभएको थियो ।
डा. शंकरप्रसाद गैरेद्वारा लिखित 'साहित्यमा बगनासकली' पुस्तकको गहन समीक्षा सहित सन्देशमुलक लघुकथा गोमविक्रमले प्रस्तुत गर्नु भएको थियो ।
गणेश नेपालीले चलाएको कार्यक्रममा सिताराम घिमिरेले मुक्तक, रोहितप्रसाद ज्ञवालीले चोटिला गुलेली, विन्दु के.सी. ले लघुकथा, रामप्रसाद अर्यालले बालकविता र गजल, नारायणप्रसाद अर्यालले छन्दोवद्ध कविता, धातानन्द गैरेले कविता र हाइकु, कमल खत्रीले छन्दोवद्ध कविता, लक्षिमा ज्ञवालीले कविता, महेन्द्र पन्थीले व्यङ्ग्यात्मक कविता, युवराज पौडेलले कविता, गणेश नेपालीले हाइकु र गोपालप्रसाद बस्यालले अङ्ग्रेजीमा लेखेको कविता प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमका केही तस्विर झलकहरू : -
तस्वीर: आयोजक