Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि दुई पत्रकार छनौट

नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि दुई पत्रकार छनौट

सतीश चापागाईं

१३, भाद्र २०८०
images
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारका लागि दुई पत्रकार छनौट



नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले प्रत्येक दुई वर्षको फरकमा नेपाल पत्रकार महासंघसँगको सहकार्य र समन्वयमा प्रदान गर्दै आएको “नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार - २०२२” बाट यस पटक संयुक्त रूपमा  दिलमाया शाही र कमला तामाङ "पाख्रिन" पुरस्कृत हुनुहुने भएको छ ।

पुरस्कार प्राप्त गर्न लाग्नुभएकी शाही कर्णाली प्रदेशको जुम्लाबाट हुनुहुन्छ भने उहाँ सन्धान अनलाइनमा आबद्ध हुनुहुन्छ । यस्तै, पाख्रिन बागमती प्रदेशको सिन्धुपाल्चोकबाट हुनुहुन्छ भने उहाँ कान्तिपुर टेलिभिजनमा आबद्ध हुनुहुन्छ ।

पुरस्कार प्राप्त गर्नुहुने पत्रकार छनोटका लागि पुरस्कार मूल्याङ्कन, छनोट तथा सिफारिस समिति गठन गरी सार्वजनिक रूपमा पुरस्कारका लागि आवेदन आह्वान गरिएको थियो । समितिलाई प्राप्त २२७ वटा आवेदनमध्येबाट ग्रामीण क्षेत्रमा रही पत्रकारिता गरिरहेका उत्कृष्ट दुईजनाको नाम समितिले संयुक्त रूपमा छनोट गरेको हो ।

सो पुरस्कारको राशि नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ रहेको छ । यो पुरस्कार नेपालमा एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने  छ । ग्रामीण क्षेत्रमा रहेर पत्रकारिता गरिरहेकाहरूलाई प्रोत्साहन र उत्कृष्ट रिपोर्टिङका लागि प्रेरणा मिलोस् भन्ने उद्देश्यले नेजाले सो पुरस्कारको प्रबन्ध गर्दै आएको छ ।

नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार सन् २०११ बाट सुरु गरिको हो । सुरुवातमा सो पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसा रहेको थियो भने सन् २०१८ बाट सो पुरस्कारको राशि दुई गुणा गरिएको हो । सो पुरस्कार पहिलो पटक सन् २०१२ मा मकवानपुरमा रहेर पत्रकारिता गर्नुहुने प्रताप विष्टलाई प्रदान गरिएको थियो ।

यसैगरी, दोस्रो पटक सन् २०१४ मा सुर्खेतमा रहेर पत्रकारिता गर्दै आउनुभएका कलेन्द्र सेंजुवाललाई प्रदान गरिएको थियो भने २०१६ मा जाजरकोटका पत्रकार जनक केसीलाई प्रदान गरिएको थियो । यस्तै, २०१८ मा ओखलढुंगाका पत्रकार कुम्भराज राईलाई प्रदान गरिएको थियो भने २०२० मा रसुवाकी पत्रकार अनु आचार्यलाई प्रदान गरिएको थियो ।

images
प्रकाशित मिति :भाद्र १३, २०८० बुधवार - १६:४९:४० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend