Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

शक्तिशाली भूकम्पमा परी मोरक्कोमा पर्नेको संख्या २००० नाघ्यो

शक्तिशाली भूकम्पमा परी मोरक्कोमा पर्नेको संख्या २००० नाघ्यो

नेप्लिज डायस्पोरा

२४, भाद्र २०८०
images
शक्तिशाली भूकम्पमा परी मोरक्कोमा पर्नेको संख्या २००० नाघ्यो

मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सँख्या झन बढ्न थालेको छ । शुक्रबारसम्म भूकम्पमा परेर मर्नेको सख्या २००० नाघेको छ । यतिमात्र होइन करिव १८०० जना घाइते छन् भने धेरैको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।  

शुक्रबार राति ११ः११ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पमा ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका छन् । उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लांका, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ ।

शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का आज पनि महसुस गरिएको मोरक्कोका सञ्चारमाध्यमले जनाएका छन् । शुक्रबारको भूकम्प देशमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको उल्लेख छ ।

अहिले पनि अधिकांश घरबाहिर त्रिपाल टाँगेर बसिरहेका छन् । देशको एकतिहाइ भूभाग भूकम्पबाट प्रभावित भएकाले ज्यान गुमाउने र घाइते हुनेको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीको अनुमान छ । भूकम्पले नराम्ररी प्रभावित पर्वतीय क्षेत्रमा रहेका दुर्गम गाउँमा निकै कठिनाइ भएको छ । 

यसैबिच राष्ट्रिय फुटबल टीमले घाइतेको सहयोगका लागि रक्तदान गरेका छन् ।

images
प्रकाशित मिति :भाद्र २४, २०८० आइतवार - ०३:०३:१८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend