Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

भारतमा निपा भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु

भारतमा निपा भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु

नेप्लिज डायस्पोरा

२८, भाद्र २०८०
images
भारतमा निपा भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु

भारतको दक्षिणी राज्य केरलामा निपा भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । यस दुर्लभ तर घातक भाइरसको सङ्क्रमणलाई रोक्न विद्यालयहरू बन्द गरिएको छ भने सयौँको परीक्षण सुरु गरिएको छ ।

केरलाका मुख्यमन्त्री पिनारायी विजयनले राज्यको कोझीकोडे जिल्लामा सङ्क्रमण देखिएको बताउँदै त्यहाँका बासिन्दालाई सावधानी अपनाउनुका साथै स्वास्थ्य विभागको सुरक्षा निर्देशिका पालना गर्न आग्रह गरेका छन् ।

 

सन् २०१८ पछि राज्यमा भाइरसको सङ्क्रमण देखिएको यो चौथो पटक हो । यसबाट दुई जनाको मृत्यु भएको जानकारी दिँदै मुख्यमन्त्रीले सामाजिक सञ्जालमा भनेका छन्, ‘हामी डराउनु पर्दैन तर यो अवस्थालाई सावधानीका साथ सामना गर्नुपर्छ ।’

 

विश्व स्वास्थ्य संगठनका अनुसार निपा भाइरस जनवारबाट मानिसमा सर्ने गर्दछ । तर, दूषित खाना वा मानिसबाट मानिसमा पनि सर्न सक्ने बताइएको छ । सामान्य टाउको दुखाई र थकानबाट यसको लक्षण सुरु हुने र केही दिनको अन्तरमा नै मानिस कोमामा पुग्ने यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र २८, २०८० बिहिवार - १६:०६:३९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend