लिबियामा गएको बाढीका कारण ज्यान गुमाउने संख्यालाई युनाइटेड नेशन्सले सच्याएको छ । जसमा नयाँ रिपोर्ट अनुसार ३ हजार ९ सय ५८ जनाले ज्यान गुमाएको भनिएको छ । यूएनले कोर्डिनेसन अफ हुमेनिटेरियन अफेयर्स (ओसीएचए) सँगको सहकार्यपछि लिबियामा बाढीले ज्यान गुमाउनेको संख्या सच्याएको हो ।
यसअघि ओएचसीएले सार्वजनिक गरेको रिपोर्टमा कम्तिमा ११ हजार तीन सय जनाको ज्यान गएको उल्लेख गरिएको थियो । दुई वटा ड्याम भत्किदा एक साता अगाडी गएको बाढीले लिबियाको डेर्ना शहरलाई तहसनहस बनाइदिएको छ ।
यूएनको नयाँ रिपोर्ट अनुसार अझैपनि ९ हजार मानिस हराइरहेको जनाएको छ । विभिन्न सञ्चार माध्यम र एजेन्सीहरुले यो बाढीबाट ज्यान गुमाउनेको संख्या दिनै बढाइरहेका थिए । केहिले २० हजारको ज्यान गएको भनेर पनि उल्लेख गरेका थिए । लिबियन रेड स्रिसेन्ट सोसाइटीले कहिलेपनि मर्नेको संख्या बढाएर रिपोर्ट सार्वजनिक नगरेको बताएको छ ।
तस्विर स्रोत:सीएनएन