Logo

बिहिवार, कार्तिक २० गते २०८३   |   2026 November 05

images

images

तीन वर्षमा मात्रै डलर भाउ १५.२५ रुपैयाँले बढ्यो

तीन वर्षमा मात्रै डलर भाउ १५.२५ रुपैयाँले बढ्यो

नेप्लिज डायस्पोरा

१, आश्विन २०८०
images
तीन वर्षमा मात्रै डलर भाउ १५.२५ रुपैयाँले बढ्यो

नेपाली मुद्रा निरन्तर अवमूल्यन हुँदा पछिल्लो तीन वर्षको अवधिमा मात्रै डलर १५.२५ रुपैयाँले महँगिएको छ । सन् २०२० सेप्टेम्बर १८ मा एक डलरको ११८.१५ रुपैयाँ थियो । जुन, आज सेप्टेम्बर १८ मा १३३.०४ रुपैयाँ पुगेको हो ।

यसबाहेक आयातमा नेपालबाट धेरै रकम बाहिरिन्छ भने विदेशी ऋणको भुक्तानी र डलरमा गर्नुपर्ने सम्पूर्ण भुक्तानीमा धेरै रकम बाहिरिन्छ । नेपालको अर्थतन्त्रमा विदेशी मुद्राको आम्दानीको तुलनामा खर्च धेरै हुँदा बाह्य भुक्तानीको ‘स्ट्रेस’ अर्थतन्त्रमा बढ्दै जाने भएको हो ।

नेपाल सन् २०२६ देखि अति कम विकसित मुलुकको सूचीबाट विकासशील राष्ट्रको सूचीमा बढुवा हुँदैछ । यस्तै, नेपालको अर्थतन्त्र आयातमै निर्भर छ । नेपालले विदेशबाट पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, कोइला, औषधीलगायत अधिकांश वस्तुको आयात गर्दै आइरहेको छ ।

गत आर्थिक वर्षमा १६ खर्ब ११ अर्ब रुपैयाँको आयात भएको थियो ।अघिल्लो आर्थिक वर्षमा १९ खर्ब २० अर्ब रुपैयाँको वस्तु आयात भएको भन्सार विभागको तथ्याङ्क छ । 

डलर बलियो बन्दै जाँदा सन् २०२० मा सोही बराबरको भुक्तानीबाट आउने वस्तु सन् २०२३ मा आउँदैन । यसअनुसार ३ वर्षअघि आउने वस्तुको खरिदमा नेपाल राष्ट्र बैंकको भण्डारमा रहेको डलरको भुक्तानी बढाउनुपर्छ । जसले छिट्टै केन्द्रीय बैंकको भण्डारमा रहेको डलरको सञ्चिति घटाउँछ ।

रेमिट्यान्स र पर्यटनमा फाइदा

चालू आर्थिक वर्षको पहिलो महिना साउनमा रेमिट्यान्सको आप्रवाह २५.८ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन महिनामा १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो आर्थिक वर्षको पहिलो महिनामै भएको रेमिट्यान्सको उच्च आप्रवाह हो । 

गत वर्षको सोही अवधिमा २०.३ प्रतिशतले रेमिट्यान्स आप्रवाह भएको थियो । यस्तै, अमेरिकी डलरमा समेत रेमिट्यान्सको आप्रवाह २१.५ प्रतिशतले बढेको छ । जुन, गत वर्षको यही अवधिमा १२.५ प्रतिशतले मात्रै बढेको थियो ।

विदेशमा रोजगारीका लागि जाने नेपालीहरुबाट आउने रेमिट्यान्स डलरमा आउँछ । जसले नेपाल आउने रकममा प्रत्यक्ष प्रभाव पर्छ । जबकि, केन्द्रीय बैंकको तथ्याङ्कअनुसार यो समयमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या १२ प्रतिशतले र पुनः श्रम स्वीकृती लिनेको संख्या १९.५ प्रतिशतले घटेको छ । 

नयाँ श्रम स्वीकृति लिने र पुनः श्रम स्वीकृति लिनेको संख्या घट्दासमेत उल्लेख्य रुपमा रेमिट्यान्स बढेको तथ्याङ्कले देखाउँछ । यद्यपि, गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ४०.३ प्रतिशतले बढेको थियो ।

रुपैयाँसँग डलर बलियो बन्दा नेपालले उल्लेख्य लाभ लिने क्षेत्र नै रेमिट्यान्स हो । यसबाहेक, विदेशबाट नेपाल घुम्न आउने पर्यटकले खर्च गर्ने डलरबाट समेत लाभ लिन सक्छ । 

images
प्रकाशित मिति :आश्विन १, २०८० सोमवार - १८:५४:०६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend