Logo

मंगलवार, कार्तिक १८ गते २०८३   |   2026 November 03

images

images

कोभिडले अस्पताल भर्ना हुनेको संख्या तेब्बर, धेरै बृद्ध र बालबालिका

कोभिडले अस्पताल भर्ना हुनेको संख्या तेब्बर, धेरै बृद्ध र बालबालिका

नेप्लिज डायस्पोरा

६, आश्विन २०८०
images
कोभिडले अस्पताल भर्ना हुनेको संख्या तेब्बर, धेरै बृद्ध र बालबालिका

अमेरिकामा पछिल्लो पटक कोभिडका कारणले अस्पताल भर्ना हुनेको संख्या तेब्बरले बढेको सीएनएनले जनाएको छ । यसमा बृद्ध र पाँच बर्ष मुनिका बालकको संख्या धेरै भएको बताएको छ ।

पछिल्लो एक महिनामा हरेक साता कोभिडका बिरामी अस्पताल भर्ना हुनेको संख्या उकालो लागेको छ । दुई महिना अगाडी र यो महिना कोभिडले अस्पताल भर्ना हुने तेब्बरले बढेको हो ।

कोभिडका कारण सेप्टेम्बरको पहिलो सातामात्र २० हजार पाँच सय जना कोभिडका कारण अस्पताल भर्ना भएको बताइएको छ । जुन त्यो भन्दा अगाडीको साता भन्दा आठ प्रतिशतले बढेको हो ।

कोभिडले बढि बृद्ध र पाँच बर्ष मुनिका बालबालिकालाई बढि प्रभावित गरेको छ । यसअगाडी बालबालिकामा कोभिडको संक्रमण त्यति देखिएको थिएन । तर सेप्टेम्बरको पहिलो साता बालबालिका अस्पताल भर्ना हुनेको संख्या ६ प्रतिशतले बढेको बताइएको छ ।

कोभिडका कारणले अस्पताल भर्ना हुनेमा धेरै फ्लोरिडा राज्यमा छन । त्यसपछ वासिंटन डीसी, अर्कान्सस, अलाबामा, लुजियाना, वेष्ट भर्जिनियापनि धेरै छ । फ््लोरिडाको आधा स्थानमा त मास्क लगाउनका लागि सूचनापनि जारी गरिसकेको बताइएको छ ।

images
प्रकाशित मिति :आश्विन ६, २०८० शनिवार - ०५:०९:०८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend