मेरिल्याण्डबासी नेपाली स्वास्थ्यकर्मीको सॅस्था हालै स्थापना भएको छ।मेरिल्याण्ड नेपाली मेडिकल सोसाइटी (Maryland Nepali Medical Society/ MNMS) नामक सो सॅस्थाले मेरिल्याणमा बसोबास गर्ने नेपाली मुलका सबै खाले स्वास्थ्यकर्मीहरु, स्वास्थ्य विषयका विध्यार्थीहरु एवं नेपालमा स्वास्थ्य क्षेत्रको पृष्ठभुमी भएका सबैलाई समेट्नेछ।
गत मे महीनाको ३१ तारिख मेरिल्याण्डको कोलम्बियामा भएको पहिलो भेलामा २३ जनाको छलफलले स्वाश्थ्यकर्मीहरु विचको चिनजान,सद्भाव, समन्वयको लागि सॅश्थागत रुपमा आवद्द हुने निर्णय गरि सुनिता बस्नेतको सॅयोजकत्वमा ६ जनाको टोली चयन गरेको थियो।

विगत केहि वर्ष देखि वाना, जर्मनटाउन नेपाली मन्दिर र अन्य नेपाली सॅघ सॅस्था र कृयाकलापमा मेरिल्याण्डबासी नेपाली स्वाश्थ्यकर्मीहरुको सकृयता र समन्वय रहॅदै आएको छ।
स्वाश्थ्यकर्मीहरुको पहलबाट वानासॅगको समन्वयमा प्रत्यक एक महिना विराएर पहिलो आइतवार नि:शुल्क स्वाश्थ्य शिविरले निरन्तरता पाएको छ जसबाट शैयौं नेपाली लाभान्वित हुनु हुन्छ भने जर्मनटाउन नेपाली मन्दिरमा ४ वटा स्वाश्थ्य शिविर सॅचालन भएको छ।त्यस्तै बाल्टिमोर नेपाली मन्दिरमा पनि विशेष कार्यक्रमहरुमा स्वाश्थ्य सेवा उपलब्ध गराएको छ।

अमेरिकामा स्वाश्थ्य विमा छैन भने जचाउन अति गार्हो नै हुन्छ।विशेष गरेर घुम्न आउनु हुने आमावुवाहरु एवं अन्य व्यक्तिहरु जस्को विमा छैन वहॅाहरुलाई निरन्तर र एकिकृत सेवा दिने यो सॅस्थाको एक उदेश्य रहेको छ।
मेरिल्याणड राज्यको विभिन्न ठाउंहरुमा विभिन्न सॅघ संस्थाको समन्वयमा स्वाश्थ्य सॅबन्धि दक्षता अर्पण गरि नि:शुल्क स्वाश्थ्य सेवा दिन यो संस्था तत्पर रहेको कुरा आज वानाको स्वाश्थ्य शिविरमा संस्थाकी अध्यक्ष्य सुनिता बस्नेत थापाले जानकारी गराउंदै औपचारिक घोषणा गर्नु भएको थियो।
संस्थाको अध्यक्षमा सुनिता बस्नेत थापा, उपाध्यक्ष्य डा. सुरेश बस्नेत, महा सचिव डा. अन्जु खरेल बन्जाडे, कोषाध्यक्ष्य विमु रिसाल भण्डारी, सचिव लक्ष्मी खनाल, डाइरेक्टरहरु क्रमश: कविता खनाल, विशाल विष्ट, रेनुका मिश्र थापा हुनु हुन्छ।यस सॅस्थाको संरक्षक महेश भट्टराइ हुनुहुन्छ।