काठमाडौं– नेपाली फिल्म तथा म्युजिक भिडियोका स्थापित सम्पादक भरत रेग्मीले लण्डनमा आयोजना हुने ६७ औं संस्करणको बिएफआई लण्डन फिल्म फेस्टिभलमा डेलिगेट्स (प्रतिनिधि) को रुपमा सहभागिता छनौट भएका छन् । नेपालबाट रेग्मीलाई छनोट गरेको आयोजकले जनाएको छ ।
रेग्मीले सामाजिक सञ्जालमा एउटा स्टाटस मार्फत आफू उक्त फेस्टिभलमा डेलिगेट्सको रुपमा नेपालबाट छनोट भएकोमा खुशी व्यक्त गरेका छन् । महोत्सवमा सहभागिता जनाउन रेग्मी आगामी सातालण्डन प्रस्थान गर्नेछन् ।
कलाकर्मीसंग कुराकानी गर्दै चलचित्रकर्मी रेग्मीले दुई महिना अगाडिदेखि पेपर वर्क, प्रोजेक्ट वर्क तथा डकुमेन्टेशन रिभ्यूगरेर उनलाई डेलिगेट्सको रुपमा छनोट गरिएको हो ।
‘उक्त महोत्सवमा नेपालबाट म एक जनामात्र छनोट भएको छ, रेग्मीले भने । ‘डेलिगेट्सको रुपमा छनोट भएपछिफेस्टिभलका लागि छनोट भएका फिल्महरु हेरेर रिभ्यू गर्न फेस्टिभलको सिस्टममा अनलाइन एक्सेस दिएको छ, रेग्मीभन्छन्– ‘म अहिले अनलाइनबाट ती फिल्महरु हेरिरहेको छु । सबै फिल्मको रिभ्यू फाइन फेस्टिभलमा जुरी टिमलाई दिनुपर्छ ।’
रेग्मीका अनुसार यो फेस्टिभलले यो वर्ष सम्ममा ६७ वर्ष पुरा गर्दैछ । यो फेस्टिभलको नयाँ संस्करणका लागि पनिविश्वव्यापी फिल्महरु छनोट भएका छन् ।