Logo

बिहिवार, कार्तिक २० गते २०८३   |   2026 November 05

images

images

बेलायतले युक्रेनमा सेना पठाउने तयारी

बेलायतले युक्रेनमा सेना पठाउने तयारी

नेप्लिज डायस्पोरा

१५, आश्विन २०८०
images
बेलायतले युक्रेनमा सेना पठाउने तयारी

बेलायती रक्ष मन्त्री ग्रान्ट साप्सले युक्रेनी सैनिकहरुलाई तालिम दिनका लागि बेलायतले बेलायती सेना युक्रेन पठाउन सक्ने बताएका छन् ।

सत्तारुढ कन्जरभेटिभ पार्टीको सम्मेलनको पूर्वसन्ध्यामा द टेलिग्राफलाई दिएको अन्तर्वार्तामा उनले यसबारेमा बेलायती सेनाका प्रमुखहरुसित र युक्रेनका राष्ट्र्पतिसँग छलफल गरेको जानकारी दिएका छन् ।

अहिले बेलायती सेनाले युक्रेनी सेनालाई बेलायतमै तालिम दिइरहेकोमा सो तालिमलाई अझै नजिकको स्थानमा दिलाउन र सकेसम्म युक्रेनी भूमिमै दिलाउने आफूले प्रयास गरिरहेको उनले बताएका छन् ।

युक्रेनी सेनामा बेलायती नागरिकहरु लड्दै आएको भए पनि औपचारिक रुपमा बेलायती सेना नै परिचालन भने भएको छैन । यदि साप्सको योजना लागू भएमा पहिलोपटक युक्रेनको लडाइँमा बेलायती सेनाको प्रवेश हुनेछ ।

हालसम्म बेलायतले करिब २० हजार युक्रेनी सेनालाई तालिम दिइसकेको बताइएको छ । युक्रेनमा लडाइँ शुरु भएपछि नाटोका सदस्य राष्ट्र्हरुले युक्रेनबाट तालिम हटाएका छन् ।

images
प्रकाशित मिति :आश्विन १५, २०८० सोमवार - ०२:४७:१७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend