Logo

बिहिवार, कार्तिक २० गते २०८३   |   2026 November 05

images

images

टिस्टा नदीको बाढीमा परी २३ सैनिक बेपत्ता

टिस्टा नदीको बाढीमा परी २३ सैनिक बेपत्ता

नेप्लिज डायस्पोरा

१७, आश्विन २०८०
images
टिस्टा नदीको बाढीमा परी २३ सैनिक बेपत्ता

उत्तरपूर्वी सिक्किम प्रान्तमा भीषण वर्षाका कारण टिस्टा नदीमा आएको शक्तिशाली बाढीमा परी २३ सैनिक बेपत्ता भएको भारतीय सेनाले बताएको छ ।

“उत्तर सिक्किमको ल्होनाक तालमा अप्रत्याशितरूपमा भीषण वर्षा हुँदा टिस्टा नदीमा बाढी आयो, २३ सैनिक बेपत्ता भएको र केही सवारी साधन डुबेको खबर छ”, सेनाले भनेको छ, “खोजी कार्य जारी छ ।”

उक्त दुर्गम क्षेत्र नेपालसँग भारतको सीमा नजिक पर्छ । साथै ल्होनाक ताल विश्वको तेस्रो सबैभन्दा अग्लो हिमाल कञ्चनजङ्घामा रहेको हिमनदीको फेदमा अवस्थित छ ।

चुङथाङ्ग बाँधभन्दा माथि पानी छोडिएका कारण सामान्य अवस्थाभन्दा पानीको सतह पहिला नै १५ फिट माथि रहेको टिस्टामा बाढी आएको सेनाले बताएको छ ।

भारतीय सेनाका प्रवक्ताले जारी गरेको एउटा भिडियोमा जङ्गली क्षेत्रमा पानीको तीव्र धारले सडकहरू बगाएको र बिजुलीका तारहरू चुँडाएको देखाइएको छ ।

images
प्रकाशित मिति :आश्विन १७, २०८० बुधवार - २१:०७:१८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend