Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अमेरिकामा चलचित्र दिमाग खराब छ लाग्दै

अमेरिकामा चलचित्र दिमाग खराब छ लाग्दै

नेप्लिज डायस्पोरा

१२, मंसिर २०८०
images
अमेरिकामा चलचित्र  दिमाग खराब छ लाग्दै

नेपाली र बिश्वभरि ख्याती कमाएको नेपाली चलचित्र दिमाग खराव न्यूयोर्कमा प्रदर्शन हुने भएको छ । अमेरिकाका बिभिन्न राज्यहरुमा धमाधम प्रदर्शन भै रहेको दिमाग खराव चलचित्र आगामी डिसेम्बर २ र डिसेम्बर ४ का दिन प्रदर्शन हुने भएको छ ।

न्यूयोर्कको क्विन्स स्थित रिगल युए कफम्यान एस्टोरियामा डिसेम्बर २ शनिबार साँझ ४:३० बजे र डिसेम्बर ४ सोमबार ५:३० बजे प्रदर्शन गरिने छ । न्यूयोर्कको लागि खाम भट्टसँग सम्पर्क गर्न सकिने छ ।

अमेरिकाका बिभिन्न राज्यहरुमा पुरै टिकट समेत बिक्री भै एउटा शहरमा २-३ पटक प्रदर्शन भै रहेका छन । निश्चल बस्नेत द्वारा निर्देशित उक्त चलचित्रमा खगेन्द्र लामिछाने,दयाहाङ्ग राई, स्वस्तिमा खड्का, अर्पण थापा , विजय बराल ,सुमन कार्की लगायत कलाकारहरुको अभिनय रहेको छ

यसका कार्यकारी निर्माता सुरज बम ठकुरी हुन् । अमेरिकामा एवरेस्ट इन्टरटेन्टमेन्ट तथा ई-पिक इन्टरटेन्टमेन्ट आधिकारिक वितरक हुन् । न्यूयोर्कमा त्रिवेणी इन्टरटेन्टमेन्टले प्रस्तुत गर्ने छ ।

images
प्रकाशित मिति :मंसिर १२, २०८० मंगलवार - ०२:३९:११ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend