नेपालमा सयौं बर्षदेखि जरा गाडेर बसेको सत्ता र शक्तिको (अ)राजनितिलाई मुख्य बिषय बनाएर लेखिएको लेफ्ट राईट पुस्तकबारे अमेरिकाको मेरिल्याण्डमा अन्तरक्रिया हुने भएको छ । डिसी मेट्रो क्षेत्रमा रहेका बौद्धिक व्यक्तित्वहरुसंग अन्तरक्रिया गर्न लागिएको हो ।
नेप्लिज डायस्पोराले आयोजना गर्ने यस कार्यक्रममा पुस्तकका लेखक नेत्र पन्थी पनि संगै हुनेछन् ।
कार्यक्रममा सहभागी हुन ईच्छुकले आयोजकसंग सम्पर्क गर्न अनुरोध गरिएको छ ।
पुस्तकका लेखक नेत्र पन्थी महिना लामो भ्रमणमा अमेरिका छन् । अमेरिकाको न्युयोर्कमा रहेका नेपाली सरोकारवालाहरुले पुस्तक माथी अन्तरक्रिया गरिसकेका छन् ।


