Logo

बिहिवार, कार्तिक २० गते २०८३   |   2026 November 05

images

images

मेनुका पौडेलले भारतीय फिल्म 'सलार' गाएको गीत (भिडियो सहित)

मेनुका पौडेलले भारतीय फिल्म 'सलार' गाएको गीत (भिडियो सहित)

नेप्लिज डायस्पोरा

२८, मंसिर २०८०
images
मेनुका पौडेलले भारतीय फिल्म 'सलार' गाएको गीत (भिडियो सहित)

दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म 'सलार' मा नेपालकी मेनुका पौडेलले गाएको गीत सार्वजनिक भएको छ। 

बुधबार हम्बले फिल्म्स युट्युब च्यानलमार्फत 'सुरज हि छाहो बन्के' बोलको गीत सार्वजनिक गरिएको हो। मेनुकाले केही दिनअघि इन्डियन आइडलको मञ्चमा यस फिल्ममा गीत गाएको जानकारी दिएकी थिइन्।
  
यस गीतको लिरिकल भिडिओ सार्वजनिक गरिएको छ। जसमा प्रभास र पृथ्वीराज सुकुमारनलाई प्रस्तुत गरिएको छ। रिया मुखर्जीको शब्द रहेको गीतमा रवि बसरुरले संगीत भरेका छन्।

'केजिएफ' निर्देशक प्रशान्त नीलले निर्देशन गरेको फिल्ममा प्रभाससँगै श्रुति हासन, जगपति बाबु, टीनू आन्नद, पृथ्वीराज सुकुमारनलगायत कलाकारको अभिनय छ। 

यो फिल्म २२ डिसेम्बरदेखि प्रदर्शन हुनेछ।

 

 

images
प्रकाशित मिति :मंसिर २८, २०८० बिहिवार - ०८:५४:५६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend