Logo

आइतवार, आश्विन ४ गते २०८३   |   2026 September 20

images

images

‘मोटिभेसनल स्पिकर’ विवेक बिन्द्रालाई श्रीमती कुटेको आरोप

‘मोटिभेसनल स्पिकर’ विवेक बिन्द्रालाई श्रीमती कुटेको आरोप

images
‘मोटिभेसनल स्पिकर’ विवेक बिन्द्रालाई श्रीमती कुटेको आरोप

 

काठमाडौं ।

‘मोटिभेसनल स्पिकर’  विवेक बिन्द्रा फेरि समस्यामा परेका छन्। हालै उनको युट्युबर र मोटिभेसनल स्पिकर सन्दीप महेश्वरीसँगको बहस खुलेर बाहिर आएको छ।

सन्दीपले विवेकमाथि मानिसहरूबाट पैसा असुलेको आरोप लगाएका थिए। विवेक बिन्द्रा, जसलाई मोटिभेसनल स्पिकर पनि भनिन्छ। उनीमाथि हालै उनकी श्रीमतीले घरेलु हिंसाको आरोप लगाएर मुद्दा दायर गरेकी छिन।

श्रीमतीले विवेकमाथि कुटपिट गरेको गम्भीर आरोप लगाएकी छन्। प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ। विवेकविरुद्ध गौतम बुद्ध नगर सेक्टर १२६ प्रहरी चौकीमा मुद्दा दर्ता गरिएको छ। विवेकले गत ६ डिसेम्बरमा मात्रै विवाह गरेका थिए।

डिसेम्बर १४ मा उनीविरुद्ध प्रहरी चौकीमा घरेलु हिंसाको उजुरी परेको थियो। उजुरीका अनुसार विवाहको भोलिपल्ट अर्थात् डिसेम्बर ७ मा विवेकको आमासँग झगडा भएको थियो। श्रीमती हस्तक्षेप गर्न अगाडि आए पछि विवेकले कुटपिट गरेका हुन्।

झडपमा उनी गम्भीर घाइते भएको बताइएको छ। विवेक भारतलगायत संसार भरी नै एक निकै चर्चित नाम हो।  विवेकले मानिसहरूलाई सफल व्यापार र मार्केटिङ चलाउन सुझाव दिन्छन्। उनका शो र भिडियो निकै लोकप्रिय छन्।

व्यवसायका चालहरू सिक्न मानिसहरू विवेकलाई पछ्याउँछन्। विवेक युट्युबमा पनि निकै चर्चित रहेको छ । युट्युबमा मात्रै उनका २१.४ मिलियन सब्सक्राइबर रहेका छन् ।

images
प्रकाशित मिति :पौष ९, २०८० सोमवार - ०३:४५:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend