Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

अमेरिकामा रहेका नेपाली गायक राजु ढुङेललाई भारतमा अबार्ड

अमेरिकामा रहेका नेपाली गायक राजु ढुङेललाई भारतमा अबार्ड

सतीश चापागाईं

२४, बैशाख २०८१
images
अमेरिकामा रहेका नेपाली गायक राजु ढुङेललाई भारतमा अबार्ड

अमेरिकामा रहेका नेपाली गायक राजु ढुङेललाई भारतमा अबार्ड मिलेको छ । 

प्रबासी मन्च भारत र भारतीय पिक्चर्सको आयोजनामा भएको विशेष कार्यक्रममा ढुङेललाई अवार्ड प्रदान गरिएको हो ।

कलाकार ढुङेल केहि बर्षदेखि अमेरिकामा बस्दै आएका छन् ।

उनले बजारमा ल्याएको यो बर्षको चर्चित बिबाह बिशेष नौमती पन्चे बाजा 'जन्मघर' गीतबाट भारतको चन्डिगढमा आयोजित कार्यक्रममा अन्तरास्ट्रीय अवार्ड हात पार्न सफल ढुङेलले विभिन्न बिधाका गीत गाउने गर्छन र उनी चर्चित बाद्यबादक पनि हुन् ।

अकबरी सुन एल्बम बाट सन् १८ इमेज अबार्ड हात पारेका ढुङेलले मारुनि भाका जोर मादलबाट २० औ इमेज लगायत बिभिन्न अवार्ड बटुलिसकेका छन् ।

२०५७ सालको अधिराज्यब्यापि लोकगीत सम्मेलनमा 'भेट भो यो साल, धेरैपछि मायालाइ र भेटियो केछ हौ तिम्रो हाल्चाल' बोलको गितमा अभय ढुङेल र राजु ढुङेलको उत्कृष्ट स्थान हासिल गरेका थिए । रेडियो नेपालमा स्वर पाससगै बिगत २० बर्ष अगाडि अभय ढुङेलको गिति अल्बम पुर्बेलि कान्छो भाग १-२ सुपारि जाइको माला घर हाम्रो पुर्बतिरै हो जस्ता गीतहरु स्वर दिईसकेका छन्।

IMG_6792.jpeg

नेपाल रहंदा सयौं गीतमा विभिन्न प्रकारले जोडिएका ढुङेल अमेरिका आएपछि पनि गीतसंगीतमा सक्रिय छन् । उनले अमेरिकामा आईसकेपछि पनि गीतसंगीत गरिरहेका छन् । 

प्रवासमा रहंदा गरेको कामबाट भारतमा रहेका नेपालीहरुले स्थापना गरेको प्रतिष्ठित अवार्ड हात पार्न पाउंदा आफू अति नै खुशी भएको ढुङेलले नेप्लिज डायस्पोरालाई बताए ।

ढुङेल अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर सहरमा परिवारसंग बस्दै आएका छन् । बाल्टिमोरका सांगीतिक कार्यक्रमहरु उनीबिना अधुरो हुने गर्दछ ।  उनी ईनास अमेरिकामा सक्रिय छन् । 

images
प्रकाशित मिति :बैशाख २४, २०८१ सोमवार - ०७:४०:११ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend