Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

शिखर सन्तोषको हिन्दि गीतमा लण्डनकी गायिका संजिता देउजा र भारतीय गायक अभिजीत भट्टाचार्यको स्वर

शिखर सन्तोषको हिन्दि गीतमा लण्डनकी गायिका संजिता देउजा र भारतीय गायक अभिजीत भट्टाचार्यको स्वर

सतीश चापागाईं

२४, बैशाख २०८१
images
शिखर सन्तोषको हिन्दि गीतमा लण्डनकी गायिका संजिता देउजा र भारतीय गायक अभिजीत भट्टाचार्यको स्वर

अभिजीत भट्टाचार्यको कयौ हिट गीतहरु छन् । त्यो नेपाली होस् या हिन्दि ! उनले गाएका 'कभी यादोमै आउ कभी खाबोमै आउ', 'मै कोई यैसा गीत गाउ', 'तुम दिलकी धड्कन मै' जस्ता अनिगिन्ती हिट गीतहरु छन् ।

उनै गायक अभिजीत भट्टाचार्यले 'धड्काय मेरे दिलको' बोलको गीत गाएका छन् । यो गीत पनि उनको हिट गीतको लिस्टमा आईसकेको बताईन्छ ।

भारतीय चर्चित गायिका लता मंगेशकरलाई गायक रामकृष्णसंगै 'बांचुन्जेलीलाई' बोलको गीत गाउन लगाएका संगीतकार शिखर सन्तोषका थुप्रै हिट गीतहरु सुन्न सकिन्छ ।

त्यो बन्चुन्जेलीलाई होस् अथवा मलाई पुगेन पुगेन यो बैंसले होस् या करेन्ट लाग्ला होस्, छाडेर जाउ कि मारेर जाउ, यो माया पनि नाटक, पवंन दीपले गाएको 'घाम पनि गयो नौडाडा काटेर' होस् अहिले पछिलो समय उनि मुम्बईको zee music कम्पनीमा ब्यस्त छन् ।

भारतकै चर्चित zee  music जस्तो ठुलो company मा शिखर सन्तोष र संजिता देउजाले प्रवेश गरेका छन् । संजिता देउजा प्रबाशी नेपाली हुन् । उनि बेलायतमा रहेर पनि नेपाली साहित्यमा सधैं गीत कविता गज़लमा निरन्तरता दिएकी छिन् । उनी पेशाले बेलायतकी सिनियर नर्स हुन् । पहिलो पटक हिन्दि गीतमा कलम चलाएकी संजिताले यस गीतमा प्रख्यात गायक अभिजीत भट्टाचार्यसंग गायकी छिन् ।

यस गीतमा डी ओ पी प्रसन्न कुँवर हुन् भने मेकप मैया श्रेष्ठको छ । यसमा अभिनय हर्ष र महकको छ । यो गीतको बोल धड्काय मेरे दिलकोले सबैको दिल धड्काउने विश्वास गरिएको छ ।

images
प्रकाशित मिति :बैशाख २४, २०८१ सोमवार - १९:०४:५५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend