Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

दर्शक स्रोताको मन जित्दै गायक अशोक अर्याल र गायिका शान्ति श्री परियारको तीज गीत "अम्रिकामा घर" (भिडियो सहित)

दर्शक स्रोताको मन जित्दै गायक अशोक अर्याल र गायिका शान्ति श्री परियारको तीज गीत "अम्रिकामा घर" (भिडियो सहित)

नेप्लिज डायस्पोरा

२८, श्रावण २०८१
images
दर्शक स्रोताको मन जित्दै गायक अशोक अर्याल र गायिका शान्ति श्री परियारको तीज गीत "अम्रिकामा घर" (भिडियो सहित)

अमेरिका- गायक अशोक अर्याल र  गायिका शान्ति श्री परियारको स्वरमा रहेको नयाँ तीज गीत "अम्रिकामा घर" ले दर्शक स्रोताको मन जित्दै गएको छ। गायक अर्यालको आफ्नै युट्युब च्यानल 'अशोका इन्टरटेनमेन्ट' मार्फत गत सोमवार विश्व सांगीतिक बजारमा आएको यस तीज गीतको म्युजिक भिडियो युट्युबमा अहिलेसम्म करिब २ लाख दर्शकले हेरी सकेका छन भने फेसबुक रिल र टिकटकमा पनि दर्शक स्रोताको माया पाईरहेको छ । गीतकार राजेश पौडेल र डा बिष्णुमुर्ति भट्टराईको शब्द अनि चर्चित संगीतकार राजु अर्यालको संगीत रहेको उक्त गीतको संगीत संयोजन बिनोद बाजुरालीले गरेका छन्। मालाश्री रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको यस गीतको रेकर्डिङ्ग सागर बाजुराली गरेका हुन् भने मिक्सिंग र मास्टरिङ्ग खडक बाजुरालीले गरेका छन्।

अमेरिकाको नर्थ क्यारोलिना राज्यको कंकर्ड सिटीमा छायांकन गरिएको यस गीतको म्युजिक भिडियोमा उक्त सिटीमा बसोबास गर्ने स्थानियहरु गायक अर्याल, प्रतिमा अर्याल, खेम भण्डारी , निर्मला भण्डारी, सरस्वति खनाल, बिध्या शर्मा र अन्य कलाकारहरुको अभिनय रहेको यस गीतको म्युजिक भिडियोलाई चर्चित निर्देशक शिव बिकले निर्देशन गरेका छन् ।  छायाँकार पशुपति बश्यालले छायांकन गरेको उक्त भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका छन्। प्रतिमा अर्यालको लगानी रहेको "अम्रिकामा घर" को बजार व्यवस्थापन सलीना म्युजिक प्रा. लि. ले गरेको छ  ।

 

आफ्नो कर्म घरमा खुशी र सुखी जीवन बिताईरहेकी चेलीको अनुभब गीतको शब्दहरुमा सुन्न सकिन्छ । यसको अडियो गीत एप्पल म्युजिक, आईटीऊन ,स्पटीफाई , एमाजोन, फेसबुक , टिकटक लगायत सम्पूर्ण अडियो प्लेटफर्महरुमा उपलब्ध छ ।  

तीज पर्वको आस्था र मर्म भित्रै रही बनाईएको यस गीत "अम्रिकामा घर" को सांगीतिक सफलताको लागि हाम्रो तर्फबाट हार्दिक शुभकामना।  

 

 म्युजिक भिडियो:

images
प्रकाशित मिति :श्रावण २८, २०८१ सोमवार - ०७:४१:३७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend