Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

गायिका विष्णु माझीलाई सार्वजनिक गर्न संसदमा चन्द्र भण्डारीको माग

गायिका विष्णु माझीलाई सार्वजनिक गर्न संसदमा चन्द्र भण्डारीको माग

सतीश चापागाईं

१८, भाद्र २०८१
images
गायिका विष्णु माझीलाई सार्वजनिक गर्न संसदमा चन्द्र भण्डारीको माग

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले मिल्ने भएमा गायिका विष्णु माझीलाई सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

 

आज (मंगलबार) प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले गायिका माझीलाई हरेक नेपालीले हेर्न चाहेको बताएका हुन् ।

 

"मैले अधिकारमाथि हनन् गर्न खोजेको होइन । यति राम्रो गीत गाउने, यति राम्रो स्वर भएकी विष्णु माझीलाई देख्न पाए हुन्थ्यो भन्ने नेपालीको हरेक मनले भनेको छ । उपाय छ भने सार्वजनिक होस्," उनले भने ।

 

गायिका माझी लोकदोहोरी क्षेत्रमा लोकप्रिय नाम हो । वर्षमा एकाध गीत गाउने उनका हरेक गीत लोकप्रिय हुने गर्छन् ।

 

यस पटकको तीजमा पनि उनले गाएको ‘आइनँ आमा’ गीत बजारमा चर्चित बनेको छ । 

images
प्रकाशित मिति :भाद्र १८, २०८१ मंगलवार - १८:५६:०७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend