Logo

बिहिवार, कार्तिक २० गते २०८३   |   2026 November 05

images

images

दीपा राई पुनको गीत ‘कुनै मधुर धून’ सार्वजनिक

दीपा राई पुनको गीत ‘कुनै मधुर धून’ सार्वजनिक

नेप्लिज डायस्पोरा

३, आश्विन २०८१
images
दीपा राई पुनको गीत ‘कुनै मधुर धून’ सार्वजनिक

काठमाडौं । कवि एवं गीतकार दीपा राई पुनको गीत ‘कुनै मधुर धून’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार स्वयंको युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियोमा दीपा राई पुनको शब्दमा मेलिना राईको स्वर रहेको छ ।

आधुनिक सुगम शैलीको गीतमा सचिन सिंहले सङ्गीत संयोजन गरेका छन् । अकस्टिक नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीत चन्द्र चौधरीले मिक्सिङ गरेका हुन् । म्युजिक भिडियोमा निकेश खड्काको निर्देशन रहेको छ भने दिनेस पराजुलीको छायाङ्कन र बिकास पराजुलीको सम्पादन रहेको छ ।

राजबाबु चौधरीले रेकर्ड गरेका यस गीतको प्रस्तुती गीतकारकी आमा बिमला राईले गरेकी हुन् । फर्पिङ र उत्तर बाहिनीका सुन्दर ठाऊँहरूमा छायांकन गरिएको यस गीतमा श्रास र रक्षाको सुन्दर र कलात्मक अभिनय हेर्न पाइन्छ । म्युजिक भिडियोमा प्रेमिल जोडीका माया पिरतीका विभिन्न क्षणहरू, प्रेम प्रतिको समर्पण र आत्मिय प्रेमको नमुनालाई प्रस्तुत गरिएको छ ।

प्रवासमा बसेर नेपाली गीत, संगीत र कविताको क्षेत्रमा आफ्नो कलम अनवरत रुपले चलाउँदै आएकी राईका दर्जन भन्दा बढी गीत ख्याती प्राप्त गायक गायीकाको आवाजमा रेकर्ड भइसकेका छन् भने उनका कविता कृतीहरू पनि बजारमा छन् ।

यो भन्दा अगाडि ‘प्रतिरुप’ गीति एल्बम र तिम्रो सपनाको म, स्पन्दनका रागहरू, छुटेको बागदाता, दीयोको अन्तिम लप्का र शरदका पहेंला पातहरू, जस्ता कविता कृति बजारमा ल्याईसकेकी राईले आगामी दिनमा फरक खालका गीत र कविता कर्मलाई निरन्तरता दिने बताएकी छिन् I

images
प्रकाशित मिति :आश्विन ३, २०८१ बिहिवार - १९:४३:४३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend