Logo

शुक्रवार, कार्तिक ७ गते २०८३   |   2026 October 23

images

images

वाल्टिमोरमा सेप्टेम्बर २९ मा हुने इन्द्रजात्रा तयारी पूरा

वाल्टिमोरमा सेप्टेम्बर २९ मा हुने इन्द्रजात्रा तयारी पूरा

सतीश चापागाईं

१०, आश्विन २०८१
images
वाल्टिमोरमा सेप्टेम्बर २९ मा हुने इन्द्रजात्रा तयारी पूरा

अमेरिकाको मेरिल्याण्ड राज्यको वाल्टिमोरमा आगामी सेप्टेम्बर २९ का आइतबारका दिन आयोजना हुने पाचौ येन्या पुन्ही (इन्द्रजात्रा)को तयारी भव्यताको साथ अगाडी बढी रहेको आयोजकको तर्फबाट वरिष्ठ उपाध्यक्ष श्रीजन ताम्राकारले नेप्लिज डायस्पोरालाई बताएका छन ।

IMG_0563.jpeg

साथै ताम्राकारले उक्त जात्रामा करिव ५० भन्दा बढी यतै जन्मिएका हुर्किरहेका बालबालिकाहरु का हरुको  आकर्ष्क नेपाली मौलिक जातजातीय , क्षेत्रीय भेषभूषा प्रदर्शन हुने र सहभागी सबै बालबालिकाहरुलाई प्रोत्साहन स्वरुप बिभिन्न आकर्षक उपहारहरु ले सम्मानित गरिने बताईएको छ ।

 करिव ८ बर्ष अघि स्थापना भएको नेपाः कम्युनिटी यूएसएले आयोजना गर्ने उक्त समारोह मेरिल्याण्ड राज्यको गनपाउडर फल्स स्टेट पार्क नामक उद्यानमा सेप्टेम्बर २९ आइतबारका दिन गरिने भएको छ । स्थानिय रुपमा आयोजना हुँदै आएको इन्द्र जात्रा मा करिव १८०० भन्दा बढिले गत सालको जात्रामा सहभागिता जनाएका थिए र यस पटक त्यो भन्दा बढि सह्भागी हुने अनुमान गरिएको छ । जात्रा दिउसो १२ बजे देखि ५ बजे सम्म चल्ने छ ।

IMG_0562.jpeg

नेपालकाे महत्वपूर्ण सांस्कृतिक पर्व इन्द्रजात्रा अब काठमाडौंमा मात्र सिमित रहेन । अमेरिकाको वासिङ्‍गटन डिसीबाट १२ बर्ष अगाडीबाट शुरू भएको इन्द्रजात्रा अब अमेरिकाको बिभिन्न राज्यहरूमा अनि बिश्वका विभिन्न देशहरूमा समेत उल्लेख्य रूपमा मनाउने क्रम जारी छ । यसै क्रममा मेरिल्याण्ड राज्यको वाल्टिमोर शहरमा पनि सन् २०१८ मा देखि मनाउन थालिएको हो ।

IMG_0565.jpeg

बाल्टिमोरमा हुने इन्द्र जात्रामा, नेवाः समुदायको परम्परागत भोज समयबजीको साथै कुमारी रथ यात्रा, भैरव तथा गणेशको रथ प्रदर्शन, बृहत् आकर्षक सम्येबजि प्रदर्शन , धिमे बाजा, परम्परागत सांस्कृतिक पहिरनका लगाई सांस्कृतिक बस्तुहरूको प्रदर्शन , पुलुकिसी तथा लाखे नृत्यहरू समेत प्रस्तुत गरिने छ यसको सम्पुर्ण तयारी सकिसकेको जानकारी अध्यक्ष बिक्रान्त मान श्रेष्ठले जानकारी गराएका छन ।

 

इन्द्रजात्रामा नेवाः समुदायको साथै वरपर तथा विभिन्न राज्यहरूबाट समेत आउने अपेक्षा गरीएको छ । विशेष काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल,दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा(आराधना गरी परम्परागत रूपमा नेवाः समुदायहरूले मनाउने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो।

IMG_0561.jpeg

नेपाः कम्युनिटी यूएसए तथा इन्द्र जात्रा आयोजक समितिका बैकुण्ठ मान श्रेष्ठ, विक्रान्तमान श्रेष्ठ, सृजन ताम्राकार, दिलिप श्रेष्ठ, सुशान मानन्धर, अन्जिता श्रेष्ठ, समाजसेवी विजय श्रेष्ठ, सिजन श्रेष्ठ, नेवा पुरोहित बासव राजोपाध्याय लगायत सम्पूर्ण समिति सदस्यहरु येन्हा पुन्ही सफल बनाउन लामोदेखि अहोरात्र मेहनत गरि रहेका छन् । बाल्टिमोर क्षेत्रवर बसोबास गर्ने सबै नेपाली समुदायलाई सहभागी भैइ अपन्त्व ग्रहण गर्न आह्वान गरिएको छ ।

 

आयोजकको तर्फबाट सबैलाई चुलो निम्तो समेत दिइएको छ ।

images
प्रकाशित मिति :आश्विन १०, २०८१ बिहिवार - २१:२७:५८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend