तिमी सँग भेट्ने गीत सार्वजनिक भएको छ । उक्त गीतलाई शीतल कादम्बिनीले बजारमा ल्याएकी छिन् । सुरेश अधिकारीले सङ्गीतबद्ध गरेको यो गीतलाई आमोद तमाङ्गले सङ्गीत सँयोजन गरेका हुन् ।
यो मिठो गीतको मिक्सिङ र मास्टरिङ्ग महेश्वरमान राजभण्डारीले गरेका हुन् भने साउण्ड मिल स्टुडियोमा रेकर्डिङ्ग गरिएको हो । शीतल काडाम्बिनीकै शब्द रहेको यो गीतलाई शिव परियारको जादुमय स्वरले प्राण प्रतिष्ठा गरिदिएको छ । यस्को लिरिकल भिडियो उत्सव श्रेष्ठले बनाएको हुन् ।