अमेरिकाको भर्जिनिया राज्यमा बिहीबार बिहान स्यानटिली शहरको एक होटल बाहिर रहेको पोखरीमा गाडी डुब्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु दुबैजना नेपाली भएको बुझिएको छ ।
फेयरफ्याक्स काउन्टीका प्रहरीले दिएको जानकारी अनुसार सेन्टरभ्यू ड्राइभको विन्डहम होटल विन्गेट नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा गाडी फेला परेको थियो।
दमकल र उद्धार टोलीले खोजी गर्दा दुई पुरुष मृत फेला पारेका थिए ।
गाडी कसरी र किन हिउँको पानीमा खस्यो भन्ने खुल्न सकेको छैन । हिउंले भरिएको पोखरीमा अन्जानबस गाडी फसेको हुनसक्ने अनुमान गरिएको छ ।
स्रोतका अनुसार मृत्यु हुने दुवै जना नाताले मामा भान्जा हुन् । उनीहरुको आझिकारिक नाम र बिबरण सार्बजनिक गरेको छैन।
स्रोतका अनुसार वयस्क ( मामा) त्यही अतिथीगृहका कर्मचारी भएको बुझिएको छ, ईनेप्लिज डटकममा समाचार छ ।