Logo

शुक्रवार, कार्तिक ७ गते २०८३   |   2026 October 23

images

images

पोखरीमा गाडी डुब्दा अमेरिकाको भर्जिनियामा दुई नेपालीको मृत्यु

पोखरीमा गाडी डुब्दा अमेरिकाको भर्जिनियामा दुई नेपालीको मृत्यु

सतीश चापागाईं

२५, पौष २०८१
images
पोखरीमा गाडी डुब्दा अमेरिकाको भर्जिनियामा दुई नेपालीको मृत्यु

अमेरिकाको भर्जिनिया राज्यमा बिहीबार बिहान स्यानटिली शहरको एक होटल बाहिर रहेको पोखरीमा गाडी डुब्दा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु दुबैजना नेपाली भएको बुझिएको छ ।

 

फेयरफ्याक्स काउन्टीका प्रहरीले दिएको जानकारी अनुसार सेन्टरभ्यू ड्राइभको विन्डहम होटल विन्गेट नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा गाडी फेला परेको थियो। 

 

दमकल र उद्धार टोलीले खोजी गर्दा दुई पुरुष मृत फेला पारेका थिए ।

 

गाडी कसरी र किन हिउँको पानीमा खस्यो भन्ने खुल्न सकेको छैन । हिउंले भरिएको पोखरीमा अन्जानबस गाडी फसेको हुनसक्ने अनुमान गरिएको छ । 

 

स्रोतका अनुसार मृत्यु हुने दुवै जना नाताले मामा भान्जा हुन् ।  उनीहरुको आझिकारिक नाम र बिबरण सार्बजनिक गरेको छैन। 

 

स्रोतका अनुसार वयस्क ( मामा) त्यही अतिथीगृहका कर्मचारी भएको बुझिएको छ, ईनेप्लिज डटकममा समाचार छ ।

 

images
प्रकाशित मिति :पौष २५, २०८१ बिहिवार - २२:०८:०२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend