Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

बबिना भट्टराईको ‘साम्ब सदाशिव’ सार्बजनिक

बबिना भट्टराईको ‘साम्ब सदाशिव’ सार्बजनिक

नेप्लिज डायस्पोरा

२७, आषाढ २०८२
images
बबिना भट्टराईको ‘साम्ब सदाशिव’ सार्बजनिक

गायिका तथा संगीतकार बबिना भट्टराईको नयां भजन 'साम्ब सदाशिव' युट्युबमा सार्बजनिक भएको छ । 

भजनका रचनाकार नारद पोखरेल हुन् भने बबिनाले संगीत र स्वर भरेकी छिन् । साथै डा. रमेश पोखरेलले पुरुष स्वर दिएका छन् ।

भजनको भिडियोमा बबिना आफै र गायक ले अभिनय गरेका छन् । युट्युबमा लेखिएअनुसार गीतको अर्थ यस्तो छ:

 

साम्ब सदा शिवको अर्थ: "साम्ब सदा शिव" शब्द संस्कृतबाट आएको हो। "साम्ब" भन्नाले "सा+अम्बा", जसको अर्थ हुन्छ "अम्बा (पार्वती) सहित भएका"। "सदा शिव"भन्नाले "सधैँ शिव", अर्थात् सदा अस्तित्वमा रहेका, दयालु, कल्याणकारी र शान्तिको प्रतीक भगवान शिव**। यस अर्थमा, "साम्ब सदा शिव" भन्नाले "पार्वतीसँगै रहने सदा शिव" भन्ने जनाउँछ। यो नाम भगवान शिवको त्यो रूपलाई समर्पित छ, जसमा उहाँ पार्वतीसँग एकाकार भई सम्पूर्ण सृष्टिको ऊर्जा, प्रेम र करुणाका स्रोत बन्नुहुन्छ। 🔱 साम्ब सदा शिव भगवानको त्यो रूप हो जसले शिव र शक्तिको एकता देखाउँछ—जहाँ शिव बिना शक्ति अपूर्ण छन् र शक्ति बिना शिवको अस्तित्व अधुरो।

 

भजनको भिडियो हेर्नुहोस् :

images
प्रकाशित मिति :आषाढ २७, २०८२ शुक्रवार - २२:१९:१८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend