एनआरएनए अमेरिकाले संरक्षक परिषद, सल्लाहकार समिति र मानार्थ परिषदको मनोनयन गरेको छ । अध्यक्ष सतेन्द्र साहले प्रस्तुत गर्नुभएको नामावलीलाई कार्यसमितिले अनुमोदन गरेपछि नामावली सार्बजनिक गरिएको छ ।
जसअनुसार एनआरएनए अमेरिकाले मुख्य संरक्षकमा सुनील कुमार साहलाई मनोनित गरेको छ । साह अमेरिकाका पूर्व अध्यक्ष, आईसीसीका बर्तमान उपाध्यक्ष हुन् ।
त्यस्तै, एनआरएनए अमेरिकाले संरक्षक परिषदमा ८ जनालाई मनोतित गरेको छ । जसमा डा. अर्जुन बन्जाडे, चेत प्रसाद (सीपी) पौडेल, चित्रा केसी, महेश रेग्मी, नारायण कँडेल, प्रमोद सिटौला, संजीव श्रेष्ठ र सत्य चौधरी रहेका छन् ।
त्यस्तै, एनआरएनए अमेरिकाले २७ जनालाई सल्लाहकारमा मनोनित गरेको छ । जसमा, अम्बिर जोशी, अम्बिका लोहनी, आङ जाङ्बु शेर्पा, अपराजिता झा, बाबुराम दवाडी, वासुदेव खनाल, भक्त थापा, विजया शाह, बिनोद तिवारी, चतुरानन्द चौधरी, दिपक थापा, डा उमेश यादव, जितेन्द्र गुरुङ, केशव बराल, कुबेर दाहाल, मणि नेपाली पनेरु, रेणु शर्मा सापकोटा, सरोज के. पुरी, सतीश चापागाईं, श्रीकृष्ण गौतम, सीता पाण्डे, सुभाष शाह, सुजित सिंह, सुन्दरमणि पौडेल, तोरण बहादुर गुरुङ, तृष्णा काफ्ले शर्मा र उद्धव खनाल रहेका छन् ।
मानार्थ परिषदमा अनिल पाण्डे, अर्जुन कार्की, बाबुराम सापकोटा, वंशु क्षेत्री, भक्त गुरुङ, भरत सुवेदी र भिषण, विक्रम अत्रेय, विक्रम शाही, चण्डी भण्डारी, डा. अच्युत अधिकारी, गोविन्द ठकुरी, इन्द्रबहादुर थापा, केशव राम राई, किरण बस्नेत, कोशिश भण्डारी, लुइसाङ वाइबा, मधुर खरेल, मनोज सिंह, मिथिलेश यादव,प्रेमकाजी श्रेष्ठ,राजेश भट्ट, राजीव यादव, रामकुमार महतो, रविसिंह बस्नेत, ऋषि अधिकारी, शिव बांनिया, श्रीश कुँवर रहेका छन् ।
भर्जिनियामा आयोजित १४ औं वार्षिक साधारण सभा (एजीएम) द्वारा प्रदान गरिएको जनादेश अनुसार संरक्षक परिषदको स्थापना गरिएको एनआरएनए अमेरिकाले जनाएको छ ।





