गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
यो राईको तेस्रो गीत हो, जसलाई गायिका पेमा शेर्पाले स्वर भर्नुभएको छ । गीतले एकतर्फी प्रेमको पीडा र आत्मीय प्रेमको शुभेच्छा प्रस्तुत गरेको छ । गीत सार्वजनिक भएलगत्तै श्रोतामाझ चर्चा हुन थालेको छ ।
गीतको संगीत ओमप्रकाश राई, एरेन्ज सन्तोष प्रगाढ राई, इडिटिङ वीरेन्द्र भाट ‘विपिन’ र मिक्सिङ–मास्टरिङ गोविन्द सोनीले गर्नुभएको छ ।
यसअघि २०७५ मा शिला खनालले राईकै ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ गीत गाउनुभएको थियो । त्यस्तै २०७९ मा मनमा बि राई र २०८१ म नवराज पराजुलीले राईकै ‘सञ्चो छौ कि बिसञ्चो ?’ गीत भएको थियो ।
गीतकार राई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी–७, सिर्जनाकुञ्ज, दोर्पाका स्थायी बासिन्दा हुनुहुन्छ । दश वर्षे शिक्षण पेशा छोडेर काठमाडौं आउनुभएको उहाँ साहित्य र पत्रकारितामा सक्रिय हुनुहुन्छ । ‘टोली नेता’ (२०७४) र ‘पोलेको मकै’ (२०७८) उहांका दुई बालकथासंग्रह प्रकाशित छन् ।

राई रावासावा प्राज्ञिक समाज नेपालका सचिव र लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष हुनुहुन्छ । ‘लघुकथा सौन्दर्य’ मार्फत उहां लघुकथाको उन्नयनमा लागि पर्नुभएको छ । उहांका ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ (२०७९) दुई सामूहिक लघुकथासंग्रह प्रकाशित छन् ।
गीतकार राईको संयोजन र विमल भौकाजीको सम्पादनमा तयार भएको सामूहिक लघुकथासंग्रह ‘बलेँसी’ हालै बजारमा आएको छ । उहांले ‘शैक्षिक पैरवी’ र ‘नलिनी’ मार्फत सम्पादन अनुभवसमेत बटुली सक्नुभएको छ ।
नेपाली भाषा र साहित्यमा योगदान पुर्याएबापत उहां
विभिन्न सम्मानबाट सम्मानित भइसक्नुभएको छ । इडन व्रिज एकेडेमी बालपत्रकारिता सम्मान (२०७६), संसाक भवानी शङ्खर लघुकथा सम्मान (२०७७), विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान (२०७९), साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सव सम्मान (२०८०), ‘गोधूलि साहित्य सम्मान (२०८२) लगायतका विभिन्न सम्मानबाट उनी सम्मानित भइ सक्नुभएको छ ।
भिडियो हेर्नुहोस् :