Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

पराजुलीको `बखान´ उपन्यासको स्याङ्जाको वालिङमा विमर्श

पराजुलीको `बखान´ उपन्यासको स्याङ्जाको वालिङमा विमर्श

Gomi

१६, बैशाख २०८३
images
पराजुलीको `बखान´ उपन्यासको स्याङ्जाको वालिङमा विमर्श

पाल्पा, १३ वैशाख ।
युवा लेखक, पत्रकार वसन्त पराजुलीको `बखान´ उपन्यासमाथि स्याङ्जाको वालिङमा विमर्श कार्यक्रम सम्पन्न भएको छ । वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाले आइतबार अपरान्ह नेचुरल भ्यू प्वाइन्ट रेस्टुरेन्ट, वालिङ बजारमा विमर्श कार्यक्रम गरेको हो ।

उपन्यास ‘बखान’ प्रजातन्त्रका सेनानी बखानसिंह गुरुङको जीवनमा आधारित छ, जसमा चितवनको तत्कालीन आर्थिक, सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक पक्षहरूलाई सशक्त रूपमा चित्रण गरिएको छ ।

पुस्तकमाथि टिप्पणी गर्दै समीक्षक तथा साहित्यिक अभियन्ता मिलन समीरले 'बखान' उपन्यास बखानसिंह गुरुङको जीवनीसँगसँगै एउटा इतिहासको कालखण्ड भएको बताएका थिए । `बखानमा सात सालको क्रान्तिको कथा, त्यो बेलाको जीवनको तस्वीर, सहकारीसँग सम्बन्धित विषयका साथै चितवनको परिवेश समेटिएको छ´ समीरले भन्नु भयो - `चितवनको बस्ती विकासको इतिहास, नेपाली काँग्रेसको इतिहासका साथै पर्यावरणीय चेतसमेत उपन्यासमा केलाइएको छ ।´

कार्यक्रममा उपन्यासकार पराजुलीले आफूले ऐतिहासिक घटनाक्रमलाई जोखिम उठाएर उपन्यास तयार पारेको बताउनु भयो । चितवनको बस्ती विकास, सहकारी स्थापना र चितवनको राजनीतिमा बखानसिंह गुरुङले पुर्‍याएको योगदानलाई आफूले उपन्यासमा उतारेको पराजुलीले बताउनु भएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका पूर्व केन्द्रीय उपाध्यक्ष यामबहादुर कुँवरले बखानसिंह गुरुङको योगदानको चर्चा गर्दै बखानसिंहलाई पुस्तकमा उतार्ने काम गरेकोमा लेखक पराजुलीलाई दिलैदेखि धन्यवाद दिनु भएको थियो ।

कार्यक्रमलाई कवि, निबन्धकार शम्भु अर्यालले सहजीकरण गरेका थिए । नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष रहेका पराजुलीका यसअघि `कुमाता´, `मोम्चो´ र `ड्रीमी आइज´ कथासङ्ग्रह प्रकाशित छन् ।

images
प्रकाशित मिति :बैशाख १६, २०८३ बुधवार - २१:५२:०९ बजे

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend