अरुण चापागाईजेद्दा / साउदी अरब
नेपाली कन्सुलर जेद्दाले सेप्टेम्बर १७ का दिन साउदी अरबको जेद्दामा संविधान दिबसलाई सभ्य र भब्य रूपमा मनाएको छ ।
जेद्दा स्थित क्राउन प्लाजा होटलमा सयौं बिदेशी कुटनितिक नियोग, नेपाली समुदाय तथा नेपाली बाहुल्य रहेका कम्पनीका प्रमुखहरुको उपस्थित रहेको कार्यक्रममा कन्सुलर रेबती पौडेलले नेपालको बारेमा संक्षिप्त्त रुपमा बर्णन गरेका थिए ।
रास्ट्रीय गानबाट सुरु भयको कार्यक्रममा शुभकामना दिन बिदेशीहरुको लामै लाइन देखिन्थ्यो भने नेपालीहरुमा खुसीको माहोल छाएको थियो ।कार्यक्रममा नेपाली सास्कृतिक बाजा तथा डकुमेन्ट्री प्रदसर्न गरिएको थियो । नेपाली पोशाकमा उपस्थित सहभागीहरुलाई देख्दा यहाँ उपस्थित बिदेशी पाहुनाहरु रमाइलो मानेका थिए ।
प्रस्तुत छ कार्यक्रमका केही तस्बिरहरु:
प्रकाशित मिति :आश्विन १, २०७५ सोमवार -
१८:०९:४० बजे