Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

मलेसियामा विषाक्त रक्सी पिउदा चार नेपाली सहित १५ जनाको मृत्यु

मलेसियामा विषाक्त रक्सी पिउदा चार नेपाली सहित १५ जनाको मृत्यु

सतीश चापागाईं

२, आश्विन २०७५
images
मलेसिया – मलेसियामा विषाक्त रक्सी पिउँदा चार नेपालीसहित १५ जनाको ज्यान गएको छ । ज्यान गुमाएका चार नेपालीमध्ये दुई जनाको नाम खुलेको छ ।   मलेसियाको राजधानी क्वालालम्पुर नजिकै सेलेङ्गोर सहरमा बस्दै आएका सञ्जय उराव र विशाल बुढाथोकीको ज्यान गएको मलेसियाका लागि कार्यबाहक राजदूत कुमारराज खरेलले जानकारी दिनुभयो ।   मलेसियाको समयअनुसार बेलुकी ६ बजेसम्म चार नेपालीको ज्यान गएकोे र दुई जनाको परिचय खुलेको उहाँको भनाई छ । तर राति ९ बजेसम्म ज्यान जानेको संख्या १५ पुगेकाले नेपालीको संख्या बढ्न सक्ने उहाँले बताउनुभयो । यसबारे आधिकारिक विवरण लिने र सोधीखोजी गर्ने काम भैरहेको राजदूत खरेलले जानकारी दिनभयो ।   विषाक्त रक्सी पिउँदा बिरामी हुनेको संख्या ३३ पुगेको छ । यसमध्ये १५ जना नेपाली छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । स्थानीय प्रहरीलाई उद्धृत गर्दै द स्टारले जनाएअनुसार मन्डली ह्विस्की, किङ फिसर बियर र ग्राण्ड रोयल ह्विस्की खाएकाहरु बिरामी भएका हुन् ।   २२ जनाको सुङ्गई बुल्होमा उपचारका लागि भर्ना भएकामा ७ जनाको ज्यान गएको हो । अचानक मृत्युको कारण पत्ता लगाउन पोष्टमार्टमको रिपोर्ट पर्खिरहेको मलेसिया प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आश्विन २, २०७५ मंगलवार - १९:४३:०१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend