Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

विषाक्त रक्सीका कारण मलेसियामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो, कडा रक्सी भएको स्वास्थ्य मन्त्रालयको दावी

विषाक्त रक्सीका कारण मलेसियामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो, कडा रक्सी भएको स्वास्थ्य मन्त्रालयको दावी

सतीश चापागाईं

२, आश्विन २०७५
images
मलेसियामा विषाक्त रक्सीका कारण बिरामी परेको भनिएकाहरुले कडा रक्सी पिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।   मलेसियाका स्वास्थ्य विभागका निर्देशक डाक्टर नूर हिशाम अब्दुल्लाहका अनुसार त्यहाँको स्वास्थ्य विभाग र प्रदेशले गरेको अनुसन्धानमा बिरामीले क्वालालम्पुर सेलांगोर क्षेत्रबाट लामो समयदेखि कडा खालको रक्सी किनेको खुलाशा भएको छ ।   बिरामीको शरीरबाट निकालिएको रक्सीको नमुना बजारमा पाइने रक्सीको नमुनाको टेष्ट हुने उनले बताएका छन् ।   बिरामीहरुबाट लिइएको जानकारीअनुसार उनीहरुले तीनवटा ब्राण्डका रक्सी किनेका थिए । मण्डले ह्विस्की, किंगफिसर बियर र ग्राण्ड रोयल ह्विस्की उनीहरुले स्थानीय बजारबाट किनेका हुन् । स्थानीय कारखानाहरुमा काम गर्ने विभिन्न देशका मजदुरहरुले सोमबार सार्वजनिक बिदा भएकाले खाने पिउने गरेको बताइएको छ ।   डाक्टर नूरका अनुसार बिरामीहरुलाई ‘मेथानोल पोइजनिङ’ भएको र पेट दुख्ने, वान्ता हुने, टाउको दुख्ने, रिँगटा लाग्ने तथा श्वासप्रश्वासमा समस्या देखिनेलगायतका लक्षणहरु देखा परेको छ ।   मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार बेलुकासम्म बिरामी पर्नेको संख्या ५१ पुगेको छ । बिरामीमध्ये तीन जना मलेसियाली नागरिक छन् भने बाँकी नेपाल, म्यानमार, बंगलादेश र इन्डियाका नागरिक रहेका छन् ।   डाक्टर नूरका अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ । १४ जनाको अवस्था गम्भीर रहेको छ । मलेसियामा रहेको नेपाली दूतावासले जानकारी दिएअनुसार अहिलेसम्म चार जना नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ । मलेसियाका लागि नेपाली राजदूत कुमारराज खरेलका अनुसार सञ्जय उराव र विशाल बुढाथोकीको सनाखत भएको छ ।   त्यस्तै धादिङ विषाक्त रक्सी सेवनका कारण ज्यान गुमाउनेमध्ये एक धादिङका विकास घले भएको पुष्टी भएको छ । गंगाजमुना गाउँपालिका वडा नं। ६ बसेरीका २४ वर्षीय घलेको ज्यान गएको भन्ने खबर आएको उनका परिवारले जनाएका छन् ।   मलेसियाली प्रहरीले ती रक्सीमा के कस्तो विषाक्त पदार्थ थियो भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । -द स्टार डटकम र उज्यालोको सहयोगमा

images
प्रकाशित मिति :आश्विन २, २०७५ मंगलवार - २०:१९:१३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend