Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

ओमनमा रहेका नेपालीका लागि दूतावासले ल्यायो मोबाइल एप

ओमनमा रहेका नेपालीका लागि दूतावासले ल्यायो मोबाइल एप

सतीश चापागाईं

२१, आश्विन २०७५
images
उमाकान्त पाण्डे युएई – ओमनमा रहेका नेपालीलाई प्रभावकारी रुपमा जानकारी र सूचना पुर्याउन नेपाली दुतावासले मोबाइल एप सार्वजनिक गरेकाे छ । नेपाली दूतावास ओमनले ‘नेपालीज इन ओमन’ नामको मोबाइल एप्लिकेसन शुक्रबारबाट प्रयोगमा ल्याएको हो । शुक्रबार एक कार्यक्रमका बीच राजदूत शर्मिला ढकाल पराजुलीले एप सार्वजनिक गर्नुभयो । एपमा ओमनको भौगोलिक अवस्था, सरकारी निकायहरुको जानकारी , श्रम कानुन, संस्कृति, ट्राफिक नियम तथा आपतकालिन अवस्थामा सम्पर्क गर्न सकिने निकायहरुका बारेमा जानकारी रहेको राजदूत शर्मिला पराजुली ढकालले बताउनुभयो । नेपालबाट पहिलो पटक ओमन आउन लागेकालाई पनि यो एप उपयोगी हुने दूतावासको विश्वास छ । एपमा आवश्यक जानकारी थप्दै जाने पनि दूतावासले जनाएको छ । यो समाचार हामीले उज्यालो डटकमबाट लिएका हौँ ।    

images
प्रकाशित मिति :आश्विन २१, २०७५ आइतवार - २१:२७:५० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend