Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

दुवईमा एनआरएनएले सुपरमार्केट खोल्ने तयारी गरेको छ

दुवईमा एनआरएनएले सुपरमार्केट खोल्ने तयारी गरेको छ

सतीश चापागाईं

२१, आश्विन २०७५
images
  उमाकान्त पाण्डे  युएई – एनआरएन युएईले दुवईमा एनआरएनए सुपरमार्केट सञ्चालनमा ल्याउने तयारी सुरु गरेको छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् युएईको नियमित कार्य समिति भेलाले कार्ययोजना सहित सुपरमार्केट सञ्चालन गर्ने योजना सार्वजनिक गरेको हो ।   युएईका सातै वटा राज्यमा पालैपालो कार्य समिति भेला गर्ने नीति अनुरुप शुक्रबार फुजेराहमा भएको भेलाले सुपरमार्केट सञ्चालन गर्ने विषयमा निर्णय गरेको हो ।   सुपरमार्केटमा एनआरएन तथा अन्यले समेत लगानी गर्न सक्ने व्यवस्था गरिनेछ । त्यसका लागि केन्द्रीय उपाध्यक्ष नेत्र शर्माको संयोजकत्वमा छुट्टै कार्यदल बनाएर काम गरिने संघका प्रवक्ता मनु क्षेत्रीले जानकारी दिनुभयो ।   एनआरएन युएईले दसैँमा शुभकामना आदानप्रदान र तिहारमा देउसी भैलो कार्यक्रम सहित नोभेम्बर २३ मा वार्षिक उत्सव मनाउने जनाएको छ । त्यस्तै डिसेम्बर महिनामा विभिन्न अस्पतालमा गएर लामो समय उपचाररत नेपालीको लगत राख्ने तथा आबश्यक सहयोग गरिने भएको छ ।   जनवरी महिनालाई युएईमा सपरिवार बस्दै आएका परिवारसँग भेटघाट तथा सामाजिक अभियानमा सहभागी बनाउन ‘फेमिली डे’ कार्यक्रम गरिनेछ ।   फ्रेबुअरी महिनालाई जनचेतना तथा श्रमिक क्याम्प भ्रमण गर्ने र दूतावासको समन्वयमा मजदुर क्याम्पमा जनचेतना कार्यक्रम गर्ने गरी जनचेतना महिनाका रुपमा घोषणा गरिएको एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले जानकारी दिनुभयो । उज्यालो अनलाइनमा खबर छ ।  

images
प्रकाशित मिति :आश्विन २१, २०७५ आइतवार - २१:४१:३१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend