बाल्टिमोर अमेरिका,
जुन १६
। संगीतकर्मी लक्ष्मण पौडेल र उनकी जीवन साथि कल्पना देबकोटा पौडेल अमेरिकामा बसेर पनि नेपाली गीत संगीतलाइ माया गरिरहने नेपाली कलाकारमा पर्छन । पौडेलले पछिल्लो पटक चलचित्र “विन्दास लाईफ” को गीत “विन्दास लाईफ, छैन वाईफ” मार्फत बजारमा आउदैछन् । उनलाई भोकलमा कल्पना देवकोटाले साथ दिएकी छिन् ।
चलचित्र “विन्दास लाईफ” राजु गीरीले प्रोडक्शन गरेका हुन् । उक्त फिल्ममा प्रथम खड्का, सपना लामिछाने, चिरण अधिकारी लगाएतका कलाकारलाई देख्न पाईनेछ ।
लामो समयदेखी आधुनिक, लोक पप, रिमिक्समा जमेका पौडेलको यो पहिलो फिल्म गीत हो ।यो गीत नेपाली चलचित्रमा नयाँ प्रयोग हो ।यस्ता खालका गीत अहिलेसम्म नेपाली चलचित्रमा ओरयग्मा नआएको भन्दै पौडेलले यसले नयाँ आयाम थप्ने बताए ।
तिम्लाई भुल्न मायालाई संसार छाडी जानै पर्छ, आधिखोला उर्लेर आयो, विरानो लगाएतका गीतहरु उनका लोकप्रिय छन् ।
पोखराबाट आफ्नो कला क्षेत्रको सुरु गरेका पौडेले रेकडिष्ट समेत भएर काठमान्डौँमा लामो समय काम गरे । अहिले उनी सपरिवार अमेरिकामा छन् । अमेरिकाबाट नेपाली संस्कृती तथा रिदमलाई विश्वव्यापीकरण गर्न अमेरिकामा पनि चिनिन चाहन्छन् । अमेरिकामा आएपछि पनि लक्ष्मण र कल्पनाले आधा दर्जन गीतमा काम गरिसकेका छन् ।
उनी अमेरिकामा नै संगीत भर्छन र नेपालमा रहेका एरेन्जरसंग मिलेर गीत बनाउछन । यहीको स्टुडियोमा गएर स्वर रेकर्ड गरेर नेपाल पठाउने गर्छन ।
पौडेल दम्पति अहिले तीजको एउटा गीतको अन्तिम चरणमा छन् । यहि तीजमा बजारमा ल्याउने तयारीमा लागीरहेका छन् । त्यस्तै, लक्ष्मण एउटा नयाँ आधुनिक गीतको काममा पनि छन् । उनले सतिश चापागाईको ‘आखिर तिम्ले बाङ्गो सोच्यौ’ भने शब्दमा मेलोडी बनाईरहेका छन् । जुन शब्दमा अन्जु पन्तले स्वर दिनेछिन ।
लक्ष्मण र कल्पना यसका अतिरिक्त अमेरिकाका बिभिन्न सास्कृतिक र सांगीतिक कार्यक्रमहरुमा सहभागी हुदै आएका छन् । रमाइलो यो जोडीलाई हरेक साना ठुला कार्यक्रमहरुमा नेपालीहरुले बोलाउने गरेका छन् ।
आगामी दिनमा लक्ष्मण र कल्पनाले अझै उत्कृष्ट रचनाहरु नेपाली दर्शक स्रोताहरुले सुन्न पाउने विश्वास गर्न सकिन्छ ।