Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

मलेसियामा कामदारको तलब जनवरीदेखि बढ्ने

मलेसियामा कामदारको तलब जनवरीदेखि बढ्ने

सतीश चापागाईं

२४, कार्तिक २०७५
images
काठमाडौं – मलेसियामा काम गर्ने नेपाली कामदारहरुका लागी खुशीको खबर छ । निजी क्षेत्रमा काम गर्ने नेपालीसहितका सबै कामदारको न्युनतम तलब बढ्ने भएको छ । शुक्रबार संसदमा आउँदो आर्थिक वर्ष (२०१९) को बजेट पेश गर्दै मलेसियाली अर्थमन्त्री लिम ग्वान इङले कामदारको तलब मासिक ११ सय हुने घोषणा गरेका हुन । मलेसियाले केही महिना अघि एक हजार रिंगिट रहेको कामदारको न्यनतम पारिश्रमिकमा ५० रिंगिट बढाएको थियो । यो घोषण आउँदो जनवरीबाट लागू हुनेछ । मलेसियाली सरकारले निर्धारण गरेको पारिश्रमिक पूर्ण रुपमा लागू भएमा नेपालीसहति कामदार लाभान्वित हुनेछन् । त्यस्तै, कामदारका अधिकार सुरक्षित गर्न र उनीहरुमाथि रोजगारदाताबाट हुने विभेद अन्त्य गर्न श्रम कानुनको पुनरावलोकन गरिने पनि बजेटमा उल्लेख छ ।

images
प्रकाशित मिति :कार्तिक २४, २०७५ शनिवार - १८:५२:५३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend