Logo

आइतवार, कार्तिक ९ गते २०८३   |   2026 October 25

images

images

डाक्टर केसीको पक्षमा एनआरएन अमेरिका

डाक्टर केसीको पक्षमा एनआरएन अमेरिका

सतीश चापागाईं

३, श्रावण २०७५
images
बाल्टिमोर अमेरिका बिभिन्न मागहरु सहित नेपालमा अनसनरत डा. गोबिन्द के सीले उठाएका जनहितकारी माग सम्बोधन गर्न गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाले सम्बन्धित पक्षसंग माग गरेको छ । चिकित्सा शिक्षाको बिषयलाई लिएर ३ सातादेखी आमरण अनसरनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था नाजुक हुंदै गएकोले व्यक्तिको बांच्ने अधिकारलाई कुन्ठित र बेवास्ता नगरि संबाद र सहमतीबाट समस्याको समाधान खोज्न पनि एनआरएन अमेरिकाले अनुरोध गरेको छ । एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले एक बिज्ञप्ती जारी गर्दै आमरन अनसनका कारण डा. केसीको स्वास्थ्य अवस्था नाजुक भएकोमा गैर आवासीय नेपालीहरु चिन्तित भएको समेत बताउनुभएको छ । जुम्लामा अनसन शुरु गरेका डा. केसीलाई हिजो मात्रै सरकारले बल प्रयोग गरेर काठमाण्डौ ल्याएको थियो । हाल डा. केसी शिक्षण अस्पताल महाराजगंजमा अनसनरत हुनुहुन्छ । एनआएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले जारी गरेको बिज्ञप्ती : सबै सर्वसाधारण जनताले स्वास्थ्य सम्बन्धी संबैधानिक हकको सुबिधा सरल सुलभ, सहज र शीघ्र रूपमा पाऊन् भनी लगभग तीन हप्तादेखि जुम्लामा डाक्टर गोविन्द केसी सत्याग्रहमा बस्नु भएको र आमरण अनसनका कारण उहाँको स्थिती नाजूक भएको खवर सुनेर हामी गैर आवासीय दिदीबहिनी तथा दाजुभाईहरू साह्रै चिन्तित भएका छौं l ब्यक्तिको बाँच्ने अधिकारलाई कहीँ कतैबाट कुन्ठित र बेवास्ता गरिनु हुन्न भन्ने कुरामा एन आर एन ए अमेरिका सधैं विश्वास राख्छ र प्रतिवद्ध छ l हरेक समस्याको सही समाधान र कुन्ठित मौलिक हकको प्राप्तिको एक मात्र विकल्प सम्वाद र सहमति नै हो l अत: नेपाल सरकार, संसद र सम्बन्धित निकायले डाक्टर केसीसगँ अर्थपूर्ण र फलदायी वार्ता गरी उहाँका जनहितकारी मागको तत्काल सम्वोधन गरी डा केसीको जीवन रक्षा गर्न एन आर एन ए अमेरिका हार्दिक अपील र अनुरोध गर्दछ l डा. केशव पौडेल अध्यक्ष, गैर आवासीय राष्ट्रिय समन्वय परिषद अमेरिका

images
प्रकाशित मिति :श्रावण ३, २०७५ बिहिवार - २०:२७:२९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend