Logo

बिहिवार, कार्तिक ६ गते २०८३   |   2026 October 22

images

images

ह्वाईट हाउस अगाडी डा केसीको प्राण रक्षाको लागी नेपालीसमुदायको ऐक्यबद्धता

ह्वाईट हाउस अगाडी डा केसीको प्राण रक्षाको लागी नेपालीसमुदायको ऐक्यबद्धता

सतीश चापागाईं

६, श्रावण २०७५
images
विजय थापा ,वाशिंगटन डिसी ,जुलाई १९ ,डा गोविन्द केसीको समर्थनमा डिसी क्षेत्रका नेपाली समुदाय सदस्यहरु जम्मा भै ऐक्यबद्धता जनाउदै अमेरिकी राष्ट्रपति बस्ने व्हाइट हाउस अगाडी गएर नेपाल सरकारलाई ध्यान आकर्षण गराएका छन् । बिभिन्न प्रचार सामाग्रीहरु सहित प्रदर्शन गर्दै सरकारको दमन नीतिको बिरोध गरेका छन् । उक्त बिरोध भेलामा अधिकांश सहभागीहरु विभिन्न स्थानीय संघ/संस्था तथा एनआरएनएको प्रतिनिधित्व समेत गर्दै ऐक्यबद्धता जनाएका छन् । सबै नेपालीहरुको सिम्बोलिक (प्रतीकात्मक) रुपमा प्रदर्शन गरेको जनाए । उक्त भेलामा सहभागीहरुले डा केशीको माग यथा शिघ्र पुरा हो । दमन कार्य तुरुन्तै बन्द होस् भन्ने माग राख्दै बिरोध गरे । उनलाई दमन गर्ने नीति सरकारको रहेकोले सरकारको बिरोध गर्दै केसी को पक्षमा समर्थन जुटाउन जम्मा भएको जनाए । यसै गरि सहभागीले डा केसी जोगी हुन् उनको केही स्वार्थ छैन । उनको कुरा नसुनेर निर्ममता पुर्वक दमन गर्ने जुन नीति सरकारके लिएको छ त्यो तुरुन्त बन्द गर्ने माग राखेका छन् । सहभागीले डा केसीले आफ्ना लागि केहि नगरेको जनताको लागी काम गरेको भन्दै १५ चोटी अनसन बसी सकेको डा केसीको कुरा सरकारले सुन्नु पर्ने बताए । सहभागीहरुले यो बिरोध भनेको माफियाको लागि हो भनि बिरोध गर्दै डा केसीको पक्षमा ऐक्यबद्धता जताउन आएको बताए । यसै गरि डा केसीको पक्षमा छौ र देश बिदेशमा बस्ने सबैले समर्थन गर्नु पर्ने बताए । उनको माग जायज भएको भन्दै उनको मागलाई सबैले समर्थन जनाउन आग्रह समेत गरेका छन् । डा केसीको माग र समर्थन जुटाउन र यसलाई अन्तरराष्ट्रिय स्तरमा पुर्याउन र समर्थन गर्दै सरकारले मानव अधिकारवादी तथा सत्याग्रहीलाई समेत दमन गरेकोमा बिरोध गरेका छन् । देश विदेशमा रहेका सबैले डा केसीलाई समर्थन गर्न आग्रह समेत गरेका छन् । अनसन मा बसेका सत्याग्रही डा केसीले शिक्षा र स्वास्थ्य क्षेत्रमा राखेको माग जायज हो र यसलाई पुरा गर्नु पर्ने सरकारलाई दबाब दिएका छन् । सहभागीहरुले पंचायत व्यवस्था र राणा शासन कालमा पनि शिक्षा र स्वास्थ्य को क्षेत्रमा सरकारले यस्तो दमन नगरेको चर्चा गरे । साथै सत्ताधारी सरकारले लिएको दम्भ गरे फेरी जनताले सत्ता बाहिर ल्याउन सक्ने समेत चेतावनी दिएका छन् ।

images
प्रकाशित मिति :श्रावण ६, २०७५ आइतवार - ११:२७:३० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend