Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

ह्वाईट हाउस अगाडी डा केसीको प्राण रक्षाको लागी नेपालीसमुदायको ऐक्यबद्धता

ह्वाईट हाउस अगाडी डा केसीको प्राण रक्षाको लागी नेपालीसमुदायको ऐक्यबद्धता

सतीश चापागाईं

६, श्रावण २०७५
images
विजय थापा ,वाशिंगटन डिसी ,जुलाई १९ ,डा गोविन्द केसीको समर्थनमा डिसी क्षेत्रका नेपाली समुदाय सदस्यहरु जम्मा भै ऐक्यबद्धता जनाउदै अमेरिकी राष्ट्रपति बस्ने व्हाइट हाउस अगाडी गएर नेपाल सरकारलाई ध्यान आकर्षण गराएका छन् । बिभिन्न प्रचार सामाग्रीहरु सहित प्रदर्शन गर्दै सरकारको दमन नीतिको बिरोध गरेका छन् । उक्त बिरोध भेलामा अधिकांश सहभागीहरु विभिन्न स्थानीय संघ/संस्था तथा एनआरएनएको प्रतिनिधित्व समेत गर्दै ऐक्यबद्धता जनाएका छन् । सबै नेपालीहरुको सिम्बोलिक (प्रतीकात्मक) रुपमा प्रदर्शन गरेको जनाए । उक्त भेलामा सहभागीहरुले डा केशीको माग यथा शिघ्र पुरा हो । दमन कार्य तुरुन्तै बन्द होस् भन्ने माग राख्दै बिरोध गरे । उनलाई दमन गर्ने नीति सरकारको रहेकोले सरकारको बिरोध गर्दै केसी को पक्षमा समर्थन जुटाउन जम्मा भएको जनाए । यसै गरि सहभागीले डा केसी जोगी हुन् उनको केही स्वार्थ छैन । उनको कुरा नसुनेर निर्ममता पुर्वक दमन गर्ने जुन नीति सरकारके लिएको छ त्यो तुरुन्त बन्द गर्ने माग राखेका छन् । सहभागीले डा केसीले आफ्ना लागि केहि नगरेको जनताको लागी काम गरेको भन्दै १५ चोटी अनसन बसी सकेको डा केसीको कुरा सरकारले सुन्नु पर्ने बताए । सहभागीहरुले यो बिरोध भनेको माफियाको लागि हो भनि बिरोध गर्दै डा केसीको पक्षमा ऐक्यबद्धता जताउन आएको बताए । यसै गरि डा केसीको पक्षमा छौ र देश बिदेशमा बस्ने सबैले समर्थन गर्नु पर्ने बताए । उनको माग जायज भएको भन्दै उनको मागलाई सबैले समर्थन जनाउन आग्रह समेत गरेका छन् । डा केसीको माग र समर्थन जुटाउन र यसलाई अन्तरराष्ट्रिय स्तरमा पुर्याउन र समर्थन गर्दै सरकारले मानव अधिकारवादी तथा सत्याग्रहीलाई समेत दमन गरेकोमा बिरोध गरेका छन् । देश विदेशमा रहेका सबैले डा केसीलाई समर्थन गर्न आग्रह समेत गरेका छन् । अनसन मा बसेका सत्याग्रही डा केसीले शिक्षा र स्वास्थ्य क्षेत्रमा राखेको माग जायज हो र यसलाई पुरा गर्नु पर्ने सरकारलाई दबाब दिएका छन् । सहभागीहरुले पंचायत व्यवस्था र राणा शासन कालमा पनि शिक्षा र स्वास्थ्य को क्षेत्रमा सरकारले यस्तो दमन नगरेको चर्चा गरे । साथै सत्ताधारी सरकारले लिएको दम्भ गरे फेरी जनताले सत्ता बाहिर ल्याउन सक्ने समेत चेतावनी दिएका छन् ।

images
प्रकाशित मिति :श्रावण ६, २०७५ आइतवार - ११:२७:३० बजे

सतीश चापागाईं

सम्बन्धित समाचार
साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन तथा समीक्षा कार्यक्रम सम्पन्न    पाल्पा, जेठ ३१ ।  साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन तथा समीक्षा कार्यक्रम आइतबार नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुरुषोत्तम खनाल र प्रा. डा. लेखनाथ आचार्य विशिष्ट अतिथिका रूपमा सहभागी रहनु भएको थियो ।   कार्यक्रममा प्रमुख अतिथि नारायणप्रसाद शर्मा, विशिष्ट अतिथिहरू तथा अन्य अतिथिहरूले संयुक्त रूपमा कृतिको विमोचन गर्नु भएको थियो । कार्यक्रमको प्रमुख आकर्षणका रूपमा रहेको कृतिको समीक्षा साहित्यकार पदमप्रसाद शर्माले प्रस्तुत गर्नु भएको थियो ।   कृतिको समीक्षा गर्दै साहित्यकार पदमप्रसाद शर्माले ‘मनका उद्गार’ केवल एउटा पुस्तक मात्र नभई लेखकको जीवनभोगाइ, पारिवारिक इतिहास, वंशपरम्परा, सामाजिक अनुभव र भावनात्मक अभिव्यक्तिको दस्तावेज भएको बताउनु भयो । उनले पुस्तकको शीर्षकदेखि संरचना, आवरण र विषयवस्तुसम्मले पाठकलाई आकर्षित गर्ने उल्लेख गर्दै यस कृतिले लेखकको मनभित्रका अनुभूति, स्मृति र जीवनदर्शनलाई शब्दमार्फत अभिव्यक्त गरेको धारणा राख्नु भयो ।   उहाँले कृति दुई खण्डमा विभाजित रहेको जानकारी दिँदै पहिलो खण्डमा धौलु वंशको इतिहास, पिता बलभद्र उपाध्यायको जीवनी, मावली पक्षको परिचय तथा वंशवृक्षसम्बन्धी सामग्री समेटिएको बताउनु भयो । दोस्रो खण्डमा समावेश २५ वटा कविताले पारिवारिक मूल्य, मातृभूमिप्रेम, प्रकृतिप्रेम, शिक्षा, राष्ट्रियता, स्वाभिमान, सामाजिक उत्तरदायित्व तथा मानवीय संवेदनाका विविध पक्षहरू उजागर गरेको उहाँको भनाइ थियो ।   समीक्षक शर्माले लेखक माधवप्रसाद न्यौपानेलाई कर्मशील, निष्ठावान, साहसी र समाजप्रति उत्तरदायी व्यक्तित्वका रूपमा चित्रण गर्दै शिक्षण, सामाजिक आन्दोलन तथा राजनीतिक चेतनाको क्षेत्रमा उहाँले पुर्‍याएको योगदानको समेत चर्चा गर्नु भयो । उहाँले पुस्तकलाई लेखकको मात्र नभई समग्र परिवार, आफन्तजन तथा लेखकलाई चिन्ने सबै व्यक्तिहरूको साझा अनुभूति र भावनाको अभिलेखका रूपमा व्याख्या गर्नु भयो ।   कार्यक्रममा आफ्नो धारणा राख्दै कृतिकार माधवप्रसाद न्यौपानेले पुस्तक प्रकाशनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, प्रेरणा र हौसला प्रदान गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गर्नु भयो । उहाँले आफ्ना दिवंगत पिता–माताप्रतिको श्रद्धा, सम्मान र भावनात्मक सम्बन्ध नै पुस्तक लेखनको मुख्य प्रेरणा बनेको बताउनु भयो ।   उहाँले साहित्य, भाषा र संस्कृतिको महत्त्वबारे चर्चा गर्दै शिक्षा, ज्ञान, अध्ययन, चिन्तन र विश्लेषणबाट मात्रै व्यक्तिको बौद्धिक तथा नैतिक विकास सम्भव हुने धारणा व्यक्त गर्नु भयो । आफ्नो जीवनका अनुभव, पारिवारिक इतिहास, सामाजिक गतिविधि तथा मनका भावनालाई समेटेर कृति तयार गरिएको उल्लेख गर्दै पुस्तकलाई आफ्ना पिता–माताप्रति समर्पित गरेको बताउनु भयो ।   प्रमुख अतिथि वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले पूर्वीय सभ्यताको मूल आधार नै पुर्खा, परिवार र संस्कृतिप्रतिको सम्मान भएको उल्लेख गर्दै ‘मनका उद्गार’ ले त्यसै मूल्यलाई जीवन्त रूपमा प्रस्तुत गरेको बताउनु भयो । उहाँले भौतिक विकाससँगै मानवीय मूल्य, नैतिकता र पारिवारिक सम्बन्धलाई जोगाउनुपर्ने आवश्यकता औँल्याउँदै यस्ता कृतिहरूले समाजलाई सकारात्मक दिशातर्फ डोर्‍याउने विश्वास व्यक्त गर्नु भयो ।   उहाँले माधवप्रसाद न्यौपानेले आफ्नो परिवार, समाज, शिक्षण पेशा, सामाजिक योगदान र जीवनका विविध पक्षलाई समेटेर नयाँ पुस्तालाई प्रेरणा दिने काम गरेको बताउनु भयो । परम्परागत मूल्य र आधुनिक सोचको सन्तुलन कायम गर्दै उन्नत समाज निर्माणमा साहित्यको महत्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो ।   कार्यक्रमका सभाध्यक्ष तथा राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीले परिषद्ले नियमित रूपमा एकल रचना वाचन, कृति विमोचन, पुस्तक समीक्षा, छन्द संरक्षण तथा विभिन्न साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनु भयो । साहित्यिक सिर्जनालाई प्रोत्साहन गर्ने, नयाँ प्रतिभालाई अवसर प्रदान गर्ने तथा साहित्यिक वातावरण सुदृढ बनाउने उद्देश्यका साथ परिषद् निरन्तर सक्रिय रहेको उहाँले बताउनु भयो ।   कार्यक्रममा साहित्यकार, पत्रकार, शिक्षक, समाजसेवी, लेखकका आफन्तजन तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।    राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन परिषद्की कोषाध्यक्ष सुशिला आचार्यले गर्नुभएको थियो ।

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend