Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

तीज गीत माईतीको आँगनी बजारमा

तीज गीत माईतीको आँगनी बजारमा

सतीश चापागाईं

९, श्रावण २०७५
images
काठमाडौँ । लोक गायिका सिर्जना थापा खनालको तीज गीत ‘माईतीको आँगनी’ भिडियो सहित बजारमा आएको छ । तीजका गीतहरु बजारमा आउने क्रम शुरु भएसंगै गायिका सिर्जनाले आफ्नो गीत सार्बजनिक गरेकी हुन् ।गायिका थापा खनालले आफुले पहिलो पटक तीजको गीतको एल्बममा गाएको बताएकी छिन । उनले यसअघि नै अरु दुई लोक गीतहरु बजारमा ल्याएकी थिइन् । गीत सुनेर रचनात्मक प्रतिक्रिया दिन अनुरोध गर्दै गायिका थापा खनालले यो गीतलाई फेसबुकमार्फत सार्बजनिक गरेकी छिन । गीतको लय, शब्द र स्वर उनको आफ्नै हो । यो गीतलाई रिमा रेकर्डिंगमा रेकर्ड गरिएको हो भने म्युजिक नेपाल मार्फत बजारमा आएको हो । यो गीतलाई सत्यवती मिडिया फिल्मसले प्रस्तुत गरेको हो । गायिका स्वयंले भिडियोमा मोडेल भएर खेलेकी छिन । लोक साहित्य र लोक दोहोरीका क्षेत्रमा बिशेष दखल राख्ने सिर्जना बिगत पन्ध्र बर्षदेखि रेडियो र स्टेजमा लोक सांगीतिक कार्यक्रमको संचालन गर्दै आएकी छिन । उनी एक कुशल संचारकर्मी र समाचार वाचक हुन् ।

images
प्रकाशित मिति :श्रावण ९, २०७५ बुधवार - २०:१९:४५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend