Logo

शुक्रवार, कार्तिक २१ गते २०८३   |   2026 November 06

images

images

मलेसिया कामदार पठाउने अनुमति दिन सरकारसँग वैदेशिक रोजगार व्यवसायीको माग

मलेसिया कामदार पठाउने अनुमति दिन सरकारसँग वैदेशिक रोजगार व्यवसायीको माग

सतीश चापागाईं

२४, पौष २०७५
images
काठमाडौं – वैदेशिक रोजगार व्यवसायीहरुले मलेसियामा कामदार पठाउने अनुमति दिन सरकारसँग माग गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियामा काम गर्न जाने कामदारहरुले दबाब दिइरहँदा पनि त्यससम्बन्धमा सरकारले सुनुवाइ नगरेको गुनासो पनि गरेको छ । मंगलबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै संघका अध्यक्ष रोहन गुरुङले मलेसियामा कामदार पठाउने अनुमति दिन सरकारसँग माग गर्नुभयो । उहाँले मलेसियामा जाने कामदारहरुले दबाब दिँदासमेत सरकारले त्यस ठाउँमा कामदार पठाउने अनुमति नदिएको भन्दै गुनासो पनि गर्नुभयो । अध्यक्ष गुरुङले सरकारले वैदेशिक रोजगारसम्बन्धी विभेदकारी नीति लिएको भन्दै आपत्ति पनि जनाउनुभयो । खाडी तथा मलेशिया कामदार पठाउँदा फ्री टिकट र दक्षिण कोरियामा कामदार पठाउँदा शुल्कसहितको विभेदकारी नीति लिएको उल्लेख गर्दै उहाँले तत्काल सच्याउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । सरकारले दक्षिण कोरियामा जाने कामदारहरुलाई टिकट शुल्क लिने व्यवस्था गरेको छ । तर, मलेसिया र खाडी देशमा भने फ्री टिकटको व्यवस्था गरिएको छ । सरकारको त्यो नीति विभेदकारी भएको भन्दै वैदेशिक रोजगार व्यवसायीहरुको आपत्ति छ । संघका अध्यक्ष गुरुङले विभेदकारी नीति तत्काल सच्याउन र वैदेशिक रोजगार व्यवसायीलाई मारमा नपार्न पनि सरकारलाई सचेत गराउनुभयो ।

images
प्रकाशित मिति :पौष २४, २०७५ मंगलवार - ११:३०:२२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend